शुक्रबार, वैशाख ७, २०८१

सोमपालको उत्कृष्ट बलिङमा बुटवल विजय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गतको जारी खेलमा बुटवल ब्लास्टर्लले चितवन राइनोजलाई पराजित गरेका छ । सोमपाल कामीको कप्तानीमा रहेका बुटवलले पारस खड्काको कप्तानीमा रहेका चितवनलाई ७० रनले पराजित गरेको हो ।  

बुटवलले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवनले १६.५ ओभरमा सबै विकेट गुमाउदै मात्र ६५ रन बनाउन सक्यो । चितवनका लागि कुनै पनि ब्याट्सम्यानले बुटवलका बलर सामु खुले खेल्न सकेनन् । चितवनका लागि भुवन कार्कीले २० र कप्तान पारस खड्काले १० रन जोड्न बाहेका अन्य ब्याट्सम्यनले दोहोर अंकको रन जोड्न सकेन् । 

चितवनका लागि भरपर्दा ब्याट्सम्यानन मानिएका विदेशी खेलाडी सन्नी पटेल १३ बलमा ९ रन जोड्दै पेभिलियन फर्किए । त्यस्तै शक्ती गौचन ९, करन केसीले ७ रन जोडेका थिए । बुटवलक लागि सोमपाल कामीले सवार्धिक चार तथा ललित सिंह भण्डारीले २ विकेट लिए । त्यस्तै रोहन मुस्तफा, सागर पुन र अबिनास बोहराले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङके निम्तो पाएको बुटवलका लागि शंकर राना र सागर पुनको जोडीले बुटवलको पारी उकासेका थिए । १६ रन जोड्दा बुटवलले आफ्ना सुरुवाती तीन विकेट गुमाउन पुगेको थियो । त्यस पछि मैदान प्रवेश गरेका शंकरले सागरलाई साथ दिदै पारी उकासेका थिए । 

शंकरले बुटवलका लागि ४८ रनको पारी खेले । उनले ४१ बल खेल्दै ४८ रन जोडेका हुन् । त्यस्तै सागर पुनले पिन समान ४६ रन जोडे । उनले ४८ बल खेल्दै ४६ रन जोडेका हुन् । 

सिद्धान्त लोहनी १७ रनमा अविजित रहे । उनले १५ बल खेल्दै १७ रन जोडेर अिविजत रहेका हुन् । कप्तान सोमपाल कामीले दुर्इ बल खेल्दै ६ रन जोडे । तर सुरुवाती तीन अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट भए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।