शनिबार, वैशाख ८, २०८१

नेकपाको काँधमा ऐतिहासिक जिम्मेवारी : यचुरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिस्ट संगठनको हैसियतले नेपालमा कम्युनिस्ट सरकार बन्नु ऐतिहासिक घटना भएको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गरेको भारतीय कम्युनिस्ट आन्दोलन विषयक प्रवचन कार्यक्रममा यचुरीले आममुक्तिगामी जनताका लागि अब काम गरेर देखाउनु पर्ने ऐतिहासिक जिम्मेवारी आएको बताएका हुन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण कालखण्डमा नेकपामा सरकारमा पुगेर एउटा सफलता प्राप्त गरेको छ, तर दक्षिण एसियाकै पुरानो पार्टी १९२० तिर गठन भए पनि खास काम गर्न सकेको छैन’, यचुरीले भने ‘गतिविधिको हिसावले आमभारतीय श्रमजीवि जनतामा भारतीय कम्युनिष्ट पार्टीको खास उल्लेखनीय असर पर्न सकेको छैन।’

यचुरीले भाकपाभन्दा पछि स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको २८ बर्षभित्रमा चीनमा जनवादी क्रान्ति सफल गरे पनि भाकपाले सामाजिक परिवर्तनको कार्यमा उल्लेखनीय भूमिका खेल्न नसकेको स्वीकारे। 

माजवादी विचाराधार अवलम्बन गर्ने सम्पूर्ण राजनीतिक संगठनको समेत नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिस्ट संगठनको हैसियतले आफूहरु सहयोग गर्न तयार रहेको उनले विश्वास दिलाए। 

नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण कालखण्डमा नेकपा सरकारमा पुगेकोले स्वामित्व रहने खालको परिवर्तनमा नेकपाले अग्रसरता लिनुपर्नेमा जोड दिए। 

सो अवसरमा भाकपाका पोलिटव्युरो सदस्य जोगिन्दर शर्मा, नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री भीम रावल, नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, दिनानाथ शर्म, पम्फा, देवेन्द्र पौडेल लगायतको प्रवचन कार्यक्रममा उपस्थिति थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।