शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  मालबाहक ट्रकले ठक्कर दिंदा दुर्इ जनाको मृत्यु, एक घाइते

 मालबाहक ट्रकले ठक्कर दिंदा दुर्इ जनाको मृत्यु, एक घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकास्थित लोलाङमा एक मालबाहक ट्रकले ठक्कर दिंला दुर्इ पैदल यात्रीको ज्‍यान गएको छ। मृत्यु हुनेमा गोरखाको सहिद लखन थापा गाउँपालिका स्थायी घर भएकी ६२ वर्षीय तिलकुमारी तिवारी र उनको चार वर्षीय नाति अजित तिवारीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

घटनामा गोरखा घर भएकी ६० वर्षीय सावित्री पुडासैनी गम्भीर घाइते भएकी छन्। उनको महारजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ।

ट्रकको ठक्करबाट घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारकको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एक जनाको भने घटनास्थलमै मृत्यु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।