शनिबार, वैशाख ८, २०८१

दशैंको मुखमा सात सय बढी अनुगमन, २७ पसल शिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोगक्ता संरक्षण विभागले सात सय बढी विभिन्न पसलहरु अनुगमन गरेको छ। चालू आर्थिक वर्षको गएको तीन महिनाको अबधिमा मुलकभर ७२७ वटा कम्पनी, कपडा पसल, मासु पसल, औषधी, खाद्य लगायतका विभिन्न पसलहरु अनुगमन गरेको छ। जसमध्ये २७ वटा सिलबन्दी गरिएको विभागका निर्देशक रघुनाथ महत्तले बताए।

निर्देशक महत्तले अत्यधिक नाफा खाएर बिक्री गर्ने शप, अत्यधिक फोहोर भेटिएका मासु पसल लगायत मुलुकभरका विभिन्न २७ वटा पसलहरुको व्यवसाय बन्द गरी कारबाही अघि बढाएको बताए। ‘विभिन्न चार मासु, औषधि, किराना कपडा पसलहरुको कारोबार रोक्का गरिएको छ,’ उनले भने ‘उपत्यकाभित्र मात्रै ५५३ वटामा पसलहरुमा अनुगमन गरिएको छ।’ उनकाअनुसार उपत्यकाबाहिर १ सय ७४ वटा गरी मुलुकभर ७२७ वटा पसल अनुगमन  गरिएको छ। सिलबन्दी गरिएको अधिकांश पशल राजधानीभित्रको रहेको उनको भनाइ छ। 

विभागले भदौ २७ गते अनुगमनको क्रममा अत्यधिक फोहोर तथा अस्तव्यस्त फेला परेको कुलेश्वरस्थित भकामना कोल्ड स्टोर मासु पशललाई शिलबन्दी गरेको थियो। 

त्यस्तै काठमाडौंको पीनट्स प्रालि, जमलको द कोरियन शपसहित २७ वटा विभिन्न पसलहरु सिलबन्दी गरिएको हो । शपमा ५ सय प्रतिशतसम्म बढी मूल्य लिएको भेटिएको थियो। त्यसमा केही पशलहरुको सिलबन्दी भने खोलिएको उनले जानकारी गराए । 

विभागले चालू आर्थिक वर्षमा दुई हजारभन्दा बढी संख्यामा अनुगमन गर्ने लक्ष्य लिएको छ । उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरी परेपछि उक्त कोरियन शपमा अनुगमन गरी शिलबन्दी गरिएको विभागका निर्देशक महत्तको भनाइ छ।

उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । ‘अत्यधिक नाफा राखेको तथा उपभोक्ताको स्वास्थ्यलाई गम्भिर असर पर्ने सिलबन्दी गरिएको पसलहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ,’ निर्देशक महत्तले भने, ‘पछिल्लो बन्दै गरेको नयाँ कानूनअनुसार विभागका महानिर्देशकले सिधै पाँच हजारदेखि तीन लाख रुपैयाँसम्मको जरिवाना भने एक वर्षसम्म कैद गर्ने प्राबधान राखिएको छ।’ नियमावली बनेसँगै नयाँ कानून कार्यान्वयनको बाटो खुल्ने जनाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्