शुक्रबार, वैशाख १४, २०८१

४७ वर्षसम्म पनि खुलेन चिसापानी-मंगलसेन सडकको ट्रयाक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- निर्माण कार्य शुरु भएको करिब आधा शताब्दी पुग्नै लाग्दा पनि कैलालीको चिसापानी हुँदै अछामको जंगलघाट मंगलसेन सडकखण्डको ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन।

२०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी-जंगलघाट-मंगलसेन ट्रयाक ४६ बर्षसम्म खुल्न नसकेको हो। अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० बर्ष पहिले नै सडक पुगि सके पनि सुर्खेतको गुटुदेखि करिब १५-२० किलोमिटर ट्रयाकमात्र खुल्न बाँकी छ। यो सडक ऐतिहासिक महत्व बोकेको सडक हो। 

विस २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुर्‍याएको यहि बाटो भएर हो। गाउँ-गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ४९ वर्ष अघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो। सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाईएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो। 


चिसापानीबाट करिव एक सय १० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुगेको छैन। यो सडक निर्माण शुरु भएपछि हाल सम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भए। त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भैसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो। त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन्। 

चिसापानी-जंगलघाट-मंगलसेन ट्याक्टर बाटो आयोजना नाम दिईएको त्यो सडक अहिले नेताहरुको भाषणमासमेत आउँदैन। यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका मानिसहरुले हाट (पिठ्यूमा नुन बोकेर ल्याउनु) जाने बाटोसमेत हो। 

हाल कैलालीको अत्तरिया-दिपायल हुँदै मंगलसेन तीन सय किलोमिटरको लामो दुरी, जोखिमयुक्त घुमाउरो पट्यारलाग्दो सडकको यात्रा गरेर जानुपर्ने बाध्यता छ। चिसापानी मंगलसेन सडक निर्माण भएर दुई गुणा कम दुरीमै यात्रा गर्न सकिने हुँदा पनि राज्यका उच्च निकायमा पुग्नेहरुको ध्यान नपुगेको हरीबहादुरका छोरा दुर्गाप्रसाद भण्डारीले बताए। ५० बर्ष पहिले गाडी लगेको सडकको अहिले सम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय सबै चिन्तित छन् भने हरीप्रसादका आफन्तहरु बढी दुःखित छन्। 
    
तत्कालिन प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाको अछाम काँग्रेसका सभापति पुष्पबहादुर शाह, पूर्व मन्त्री गोविन्दबहादुर शाह, पूर्व संसाद रामबहादुर विष्टलगायतको टोलीले ध्यानाकर्षण गराएपछि यो सडकका लागि नियमित बजेट बिनियोजन त हुन थाल्यो तर त्यो बजेट सहि सदुपयोग भने हुन सकेको छैन। 

यो सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउन भएको सरोकारवाला बताउँछन्। अछाम उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतमा छुट्याईएको बजेट सहि ठाउँमा खर्च नभएको बताए। 

‘पहिलो काम भनेको गुटु-जंगलघाट ट्रयाक खोल्नु हो तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सहि सदुपयोग हुन सकेको छैन’, ढुंगानाले भने,‘अछामका जनप्रतिनिधिहरु चासो नै नदिने र सुर्खेत कैलालीका आफ्नैतिर बजेट खर्च गर्छन्। यो कुरामा राज्यले ध्यान दिन सकेको छैन ।’    
    
अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले उक्त सडकका लागि केन्द्र सरकार र प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापन पत्र नै बुझाएर ध्यानाकर्षण गराएको बताउँछन्। अहिले अछामले प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ११ जना सांसद पाएको छ। तर ति सभाषदले संसदमा कुरा उठाए पनि प्रदेश सरकारको बजेटमा उक्त सडक खण्ड समेटिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।