बिहीबार, वैशाख १३, २०८१

अछाम र डोटीमा २ बालिका बलात्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- अछाम र डोटीमा सात/सात वर्षीया दुई बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार दुबै बालिका १८ बर्ष भन्दा कम उमेरका युवकबाट बलात्कृत भएका हुन् ।
 
अछामको कमलबजार नगरपालिका–५ कुईकामा १७ वर्षीय युवकले गाउँकै सात बर्षको एक बालिकालाई गत असोज ३ गते गोरु चराउन जंगल गएको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । सोही युवकले त्यस अघि बलात्कार गरेको बालिकाको कान्छि आमा (आमाको बहिनी) लाई कार्तिक २ गते जंगलमै बलात्कार गर्न खोजेपछि एक महिना अघिको घट्ना बाहिर आएको हो । 

दिदीको घरमा आएको बेला गोरु चराउन जंगल जाँदा कान्छि आमामाथि त्यही युवकले बलात्कारको प्रयास गरेपछि बालिकाले आफूमाथि पनि बलात्कार भएको भन्ने कुरा खोलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 

‘बालिकालाई घडी दिएर फकाएर बलात्कार गरेको रहेछ, कसैलाई भन्यो भने कुटपिट गर्ने डरत्रास देखाएकोले बालिकाले कुरा लुकाएकी रहिछिन्’ शाहीले भने,‘आफ्नै अगाडी कान्छि आमामाथि बलात्कारको प्रयास हुँदा कुरा खुलेको रहेछ ।’ प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । आइतबार नै युवकविरुद्ध मुद्दा दर्ता हुने प्रहरीले जानकारी दिएको छ ।

यस्तै डोटीको बोकटानमा ११ र ७ वर्षीय दुई बालकबाट छ वर्षीया बालिका माथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले सँगै खेल्नेक्रममा बालिका माथि बलात्कार भएको भनि प्रहरीमा खबर आएपछि तीनैलाई प्रहरीले जिम्मा लिएर अनुसन्धान थालेको जानकारी दिए । 

प्रहरीले गाउँ गाउँमा अभियानहरु चलाएपछि सामान्य घट्ना हुँदा पनि स्थानीयले १०० मा फोन गरेर प्रहरीलाई जानकारी दिने गरेको माझीले सुनाए । यस्ता घट्ना गाउँघरमा पहिले पनि घट्ने गरेकामा पछिल्लो सयम संचारको बिकासले घट्ना बाहिर आउनेक्रम बढेको उनको बुझाई छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।