बुधबार, वैशाख १२, २०८१

बस सञ्‍चालनको सन्देश दिन जनकपुर-अयोध्या साइकल यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८ बैशाखमा जनकपुर भ्रमण गरे। जनकपुरमा रहँदा मोदीले जानकी मन्दिर दर्शन गर्नुका साथै जनकपुर-अयोध्या बसको उद्घाटनसमेत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका जनकपुर-अयोध्या बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन्। उद्घाटन भएको दिन केही विशिष्ठ व्यक्तिहरु बोकेर अयोध्या पुगेको बस दोस्रो पटक हिँड्न सकेको छैन्।

जनकपुर र भारतको अयोध्याबीच धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको भन्दै दुवै स्थानको धार्मिक पर्यटन प्रबर्द्धन गर्ने मुख्य उद्देश्यले बस सेवाको उद्घाटन गरिएको हो। तर दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाउँदै जनकपुरबाट विदाइ गरेको बस अर्को पटक गुड्न नसकेपछि जनकपुरका एक युवकले बस सञ्चालन गर्न सन्देश दिन साइकलमा अयोध्या यात्रा शुरु गरेका छन्।

जनकपुर उपमहानगरपालिका–४ कटैया चौरी बस्ने ३१ वर्षीय युवक रंजितकुमार साह विजया दशमीको अवसर पारेर शुक्रबार जानकी मन्दिरबाट साइकल चढेर भारतको अयोध्यातर्फ हिँडेका छन्।

रंजितलाई जानकी मन्दिरमा यहाँका सर्वसाधारण तथा मन्दिरका छोटे महन्त रामरोशन दासले अयोध्याका लागि विदा गरेका थिए । चार दिनभित्र अयोध्या पुग्ने लक्ष्य बोकेर जनकपुरबाट हिँडेका रंजितले दुई स्थानबीचको बस सेवा सञ्चालन हुन नसकेपछि सञ्चालन गर्न सन्देश बोकेर त्यसतर्फ हिँडेको प्रतिक्रिया दिएका छन् ।

‘दुबै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस सेवा उद्घाटन गर्नु भयो,’ उनले भने,‘दुबै स्थानबीच धार्मिक र सांस्कृतिक सम्बन्ध छ । तर अझै बस शुरु हुन सकेको छैन । बस सेवा सञ्चालन गर्ने सन्देश बोकेर त्यसतर्फ जाँदै छु ।’

अयोध्या पुगेर रंजितको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गर्ने चाहना छ । मुख्यमन्त्री आदित्यनाथसँ भेटेर जनकपुर–अयोध्या बस सेवा सञ्चालनमा पहलका लागि आग्रह गर्ने उनले बताए ।

अयोध्या यात्रा गर्नुपूर्व रंजितले साइकलमै हलेसीसम्म पुगि सकेका छन्। जनकपुरबाट साइकल चढेर दुई दिनमा हलेसी पुगेको उनले बताए । यसैगरी रंजित ६ दिनमा मुक्तिनाथ र सिन्धुलीको बाटो हुँदै एक दिनमा काठमाण्डौं पुगेको दाबी गरे । दैनिक १ सय ५० देखि १ सय ६० किलोमिटर साइकल चलाएर उनी हिँडने गरेको रंजितको भनाइ छ । जनकपुर बस पार्क नजदिक पान पसल चलाएर बसेका रंजितले हालसम्म २४ पटक रक्तदानसमेत गरिसकेको बताए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।