बिहीबार, वैशाख १३, २०८१

यी हुन दशैंमा घुम्‍नलायक प्रदेश १ का १४ गन्तव्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- अन्य पर्वहरुको भन्दा दशैको विदाको अवधि लामो हुने भएकाले धेरैले दशैमा घुमघाम गर्छन । घुमघाम गर्नलाइ प्रदेश १ का १४ जिल्लामा प्रसस्तै विकल्पहरु छन । यी हुन प्रदेश १ का १४ जिल्लाका दशैमा घुम्न लायक १४  गन्तव्यहरु-

१. ताप्लेजुङः तिम्बुङ पोखरी 

 ४४८० मिटर उचाहिमा रहेको तिम्बुङ पोखरी  करिब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइको  छ । यो पोखरी धार्मिक र प्राकृतिक दुवैमा महत्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाँउपालीकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो । 

यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी सहासिक यात्रको लागी कात्र्तिकमा पनि हिड्न सकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ । आकर्षक पोखरी, पोखरी माथि नाचिरहने बादल, यात्रामा भेटिने लोभलाग्दा जंगली फूलहरु र मनोरम दृष्य तिम्बुङ पोखरीका मौलिकता हुन ।

२. पाँचथरः साधुटार 

प्रदेश १ को फेवा तालको रुपमा व्याख्या गरिने पाँचथरको साधुटार पाँचथर सदरमुका फिदिम बाट १६ किलोमिटर टाढा पर्छ ।

यो कृतिम तालमा कंचनजंगा र कुम्भकर्ण हिमालको प्रस्ट प्रतिबिम्ब देख्ने दुर्लभ अवसर मिल्छ ।  मेचि राजमार्ग सँगै रहेको पौवा भन्ज्याङ क्षेत्रमा रहेको यो ताल स्वदेशी र विदेशी दुवैको रोजाइमा पर्दै गएको छ । राम्रो प्रचार र स्तरिय होटलहरु बनाएको अवस्थामा सिमावर्ति सिक्किम र पश्चिम बंगाल जस्ता भारतिय राज्यका पर्यटकहरु तान्न सकिने पर्यटनकर्मिहरुको तर्क छ । 

३. इलामः माइपोखरी

इलाम बजारबाट १५  किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित माइपोखरी इलामको अर्को महत्त्वपूर्ण पर्यटन   स्पट हो । समुन्द्र सतहबाट २१३० मिटरको उचाहिमा रहेको यो पोखरी वनस्पति, चराचुरुङ्गी, जलचर र थलचर मात्रै हैन आकर्षक प्राकृतिक बनावटको कारणले पनि चर्चित छ । 

  करिब १८८ हेक्टर क्षेत्रफलमा फैलिएको यो पोखरीमा नेपाल तथा भारतका पर्यटकहरू घुम्न, पिनकिन खाँन र अध्ययन अवलोकन गर्न आँउने  स्थानीयहरू बताँउछन । नौ कुना रहेको यो पोखरी धार्मिक आस्थासँग पनि जोडिएको छ । २ हेक्टर सिमसार रहेको यो पोखरीका नौ कुनाहरूमा नवदुर्गाको बास रहेको  स्थानीयहरूको परापुर्वक कालदेखीको विश्वास रहिआएको छ । 

४. झापाः जामुनखाडि सिमसार

पाको कन्काइ नगरपालीकाको वडा नम्बर १ र २ मा फैलिएको जामुनखाडि राम्रो गन्तव्य हो । झापाको सुरुङ्गा बजारबाट २ किलोमिटर र महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको  जामुनखाडिमा झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लाहरुका घुमन्तेहरु आँउछन । 

२६.५४ हेक्टरमा फैलिएको सिमसारमा शान्त, एकान्त र मनोरम वातावरण मन पराउनेहरु आँउछन । दर्लभ वन्यजन्तुको आरक्षण, झोलुङे पुल, हरिण पार्क, बाल उद्यान, बोटिङ गरिने आर्षक पोखरीहरु  रहेको जामुनखाडिमा २० जनाले रोजगार समेत पाएका छन । 

२०६५ साल माघ १६ गते बाट संचालनमा आएको यो सिमसार जामुनावारि सामुदायिक वन उपभोक्ता   समूहले संचालनमा ल्याएको हो । यो सिमसारकै कारण झापालाइ पर्यटकिय र घुमघामको गन्तव्य बनाउनेहरु बढेका छन । 

५. मोरङः बेतना सिमसार

उत्तरी मोरङको बेतना सिमसार क्षेत्र पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ ।  १७५ हेक्टर क्षेत्रफलमा फैलिएर पुर्व–पश्चिम राजमार्गमै टाँसिएर बसेको बेतना  सिमसारमा पिकनिक खान,घोडा चढ्न, घुम्न, बोटिङ गर्न, जंगल सफारी गर्न आगन्तुकहरु आँउछन । 

सिमसारमा रहेको ठुलो आकारको कमिलोसँग सेल्फी लिन धेरै आउछन ।  घुम्ने र रम्ने बाहेक विभिन्न चलचित्र, म्युजिक भिडियो, कभर संग आदिको सुटिङ गर्न पनि प्रसस्तै मान्छेहरु आँउने बताँउछन । 

मोरङको बेलबारी नगरपालीका वडा नम्बर ४ मा पर्ने बेतना सिमसार नगरपालीका क्षेत्रकै मुख्य पर्यटकिय विन्दू भएको बेलबारी नगरपालीकाकि उपमेयर तथा चर्चित कवि तारा पराजुली बताँउछिन । 

६. सुनसरीः रास ताल

इटहरी र आसपासका  घुमन्तेहरुको लागी सुनसरीको बक्लौरीमा  रहेको रास ताल राम्रो गन्तव्य हो । कमैमात्र चर्चामा आएपनि धेरै सुन्दर यो क्षेत्रमा पिननिक खानेको भिड राम्रै हुन्छ ।

इमानसिङ्ग चेमजोङ्ग स्मति प्रतिष्ठानले संरक्षण गर्दै आएको यो क्षेत्रलाइ राष्ट्रिय सम्मानित ताल भनिन्छ । र, त्यहि ‘राष्ट्रिय सम्मानित’ तालको छोटकरि रुपलाइ नै रास ताल भनिएको स्थानियहरु बताँउछन ।

करिव ४४ बिगाहा जमिनमा फैलिएको रा.स. ताल क्षेत्रमा पानीको भाग मात्रै १५ बिगाहा रहेको छ । सुनसरी सामुदायिक वन क्षेत्रमा पर्ने रा.स. ताल बक्लौरी आठको ६४ बिगाहा भन्ने क्षेत्रमा पर्छ । धरान हुँदै आउनेलाइ तरहराबाट र इटहरी हुँदै आउनेलाइ कान्छिचौक बाट भित्र आधा घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ रा.स. ताल । 

७. धनकुटाः ध्वजे डाँडा

ध्वजेडाँडा साँगुरीगढी गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस डाडाको उचाई ७००० फिट छ जहाँबाट सौर्यदय अवलोकन गर्न सकिन्छ ।

डाँडाबजारको दृश्य साथै तमोर नदिको नागवेली आकार र एशियाको ठूलो वरको रुखपनि यसै स्थानबाट देख्न सकिन्छ । यहाँबाट तराईको फाँटहरुको दृश्य पनि अवलोकन गर्न सकिन्छ । इलामको अन्तुडाँडा पछि राम्रो किसिमले सौर्यदय अवलोकन गर्न यो ठाउँ ज्यादै उपयुक्त मानिन्छ । 

यहाँ बाट कुम्भकर्ण , मकालु, कञ्चनजङ्गा र सगरमाथा हिमाल साथै पूर्वाञ्चलको १६ वटै जिल्लाहरु देख्न सकिन्छ । यहाँ पुग्न डाँडाबजारको बजार क्षेत्रबाट सिढी उक्लन्दै एक घण्टामा चुचुरोमा पुग्न सकिन्छ ।

यहाँ आउने पर्यटकहरुको खान बस्नु सुविधाको लागि केहि होटल तथा होमस्टे पनि उपलब्ध छ । यहाँ पुग्न गाडीको सुविधाको साथै भेडेटारबाट ३ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।

८. तेह्रथुमः ह्यात्रुङ झरना 

तेह्रथुमको फेदाप गाँउपालीकास्थित सम्धु र इसिबु क्षेत्रको सिमामा रहेको यो झरना एसियाकै अग्लो झरनाको रुपमा चिनिन्छ । यहि झरनानै तेह्रथुमको देशभर लोकप्रिय भएको गन्तव्य हो ।

३६५ मिटर अग्लो यो झरना पुग्ने सामान्य फुट ट्रयाक बाहेक अन्य पुर्वाधारहरु बन्न सकेका छैनन । तर, पदयात्राको लागी यो झरना सुन्दर गन्तव्य हो । झरनामा पिकनिक र क्यान्योनिङ जस्ता सुविधाहर अझै बनेका छैनन । समुन्द्र सतहबाट १५ सय मिटरको उचाहिको यो झरना मध्यपहाडी राजमार्गबाट ८ किलोमिटर र पाँचथर जिल्ला सिमाना नजिकै पर्छ । 

९. संखुवासभाः सभापोखरी 

प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ ।

प्रचिन कालमा ८८ हजार ऋषीमुनिहरु राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास छ । समुन्द्र सतहबाट ४२४० मिटरको उचाहिमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ ।  

संखुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्याधिक प्रचार भएर पनि पाखरी नजिक सम्म सहज सडक बाटो नभएकोले धेरै तिर्थयात्रुहरु तथा टे«किङ पारखिहरु यहाँ पुग्न पाँउदैनन ।
 
१०. भोजपुरः ट्याम्के डाँडा
​​​​​​
भोजपुरको ट्रयाम्के डाँडाले भोजपुर र खोटाङ जिल्लाको सिमाना जोड्छ । खुल्ला आकास भएको दिन यहाँबाट दार्जिलिङ र काठमाण्डौ पनि देखिने बताइन्छ ।

समुन्द्र सहतबाट ३६२० मिटर उचाहिमा रहेको यो क्षेत्र पुग्न भोजपुर सदरमुकामबाट ३ घण्टाको दुइ पांग्रे यात्रामा पुग्न सकिन्छ । हालसालै विकास भएको मुन्धुम टे«किङ रुटको एक अभिन्न भागको रुपमा यो डाँडा रहेको छ । 

११. सोलुखुम्बुः पत्ताले डाँडा 

सगरमाथा राष्ट्रिय निकुन्ज, गोक्यो ताल सगरमाथा र अन्य हिमालहरु मात्रै हैनन, सोलुखुम्बुमा अन्य सुन्दर गन्तव्य पनि छन । त्यसमा एक विकल्प हो पत्ताले डाँडा ।

सडक  र हवाइ दुवै यात्रामा सहजै पुग्न सकिने सोलुखुम्बुको गन्तव्य हो पत्ताले डाँडा । मकालु, कंचनजंगा, सगरमाथा, नुम्बुर, कार्यालुङ, पुमोरि, ल्होत्से, थामसेर्पु जस्ता उच्च हिमाली चुचुराहरु हेर्न सुन्दर अनि सुगम हिल स्टेसन हो पत्ताले डाँडा ।

खलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको यो डाँडा समुन्द्र सतहबाट ३ हजार हाराहारीको उचाहिमा छ । काठमाण्डौबाट जाँदा हर्कपुर, ओखलढुंगा हुँदै सडकबाट जान सकिने यो डाँडा फाप्लु विमानस्थलबाट ओर्लेर एक घन्टाको सडक यात्रामा आउन सकिन्छ । 

१२. ओखलढुंगाः पोकलि झरना

ओखलढुंगाको लिखु गाँउपालीकामा रहेको पोकलि  झरना १३० मिटर अग्लो रहेको छ । पैदल यात्रा गर्दा ओखलढुंगा बजार बाट यो झरना पुग्न १२ घन्टा लाग्छ ।

सप्तकोशीको सबैभन्दा सानो सहायक नदि लिखुको सिरमा रहेको पोकलि झरना मन्थली र सिर्सिरे हुँदै विपी राजमार्ग भएर सहजै पुग्न सकिन्छ । राजधानी काठमाण्डौको लागी पनि नजिक र प्रदेश २ का तराई क्षेत्रको सप्तरी, सिराहा र सर्लाहिको लागी पनि गन्तव्य बन्न सक्छ । तर, यो झरना पुग्ने सहज बाटो र प्रचार राम्रो नहुनाले यसले दैनिक सयौँ पर्यटकहरु गुमाइरहेको छ । 

१३. खोटाङः रुवालुङ झरना 

हलेसी महादेव भएको खोटाङको रुवालुङ झरना नयाँ गन्तव्य बन्दैछ ।  यो झरना मध्यपहाडी लोकमार्ग नजिकै भएकाले आगन्तुकहरुको भिड बढ्न थालेको छ ।

लोकमार्गमा रहेको दुधकुन्ड भन्दा यो झरना एक किलोमिटर मात्रै पर रहेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका–६ को नेर्पा भन्ने स्थानामा छ यो झरना ।

यो झरना बाहेक खोटाङको धिप्लुङ झरना पनि अर्को राम्रो प्राकृतिक गन्तव्य हो । दिप्रुङ गाँउपालीकामा रहेको यो झरना घुमघामलाइ आकर्षक गन्तव्य हो । 

१४. उदयपुरः रौतामाइ पोखरी

उदयपुर जस्तो प्रदेश १ को सुगम जिल्लामा रहेर पनि रौतामाइ पोखरीमा पर्यटकिय प्रचार र पुर्वाधार अभावमा कम मात्रै पर्यटकहरु पुग्छन ।

यो तालको विलक्षण कुरा भनेको यहाँ झरेका पातहरु चराले चुच्चोले च्यापेर आफै फाल्छन । समुन्द्र सतहबाट १७९९ मिटरको उचाहिमा रहेको यो पोखरी गाइघाट बजारबाट ४० किलोमिटको सडक दुरि पार गर्नुपर्छ ।

गाइघाटबाट उत्तरपश्चिम  भागमा रहेको यो पोखरी क्षेत्रमा  हालसम्म पर्याप्त होटल तथा होमस्टेहरु छैनन । त्यसैले यहाँ टेन्टमा बास बस्ने गरि मात्रै रात बिताउन सकिन्छ । 









 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।