काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काइएको भन्दै त्यसविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम चिनारीस्वरुप रहेको घर नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काएपछि अधिवक्ता सञ्जय अधिकारीले रिट दर्ता गरेका थिए।
बुधबार रिटमाथि सुनवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले विपक्षी झिकाउन आदेश दिएको हो।
रिटमा अहिलेसम्म भत्काइएको संरचनामा थप क्षति नपुर्याउन अन्तरिम आदेश माग गरिएको थियो। यस्तै पुरानो संरचना भत्काएर बनाउन लागिएको नयाँमा त्रुटीसमेत रहेको दाबी गरिएको थियो।
यस्तै तयार भएको डिजनाइन अनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने भन्दै जिकिर देवकोटाघर नभत्काउन आदेश माग गरिएको थियो।