शुक्रबार, वैशाख ७, २०८१

कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउरको संख्या बढ्दो

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको संख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ। गत महिना नाउर गणनाको तथ्यांकले यसको संख्या बढ्दो देखाएको हो।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

ताप्लेजुङ- ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको संख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ। गत महिना नाउर गणनाको तथ्यांकले यसको संख्या बढ्दो देखाएको हो। गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहकार्यमा नाउरको गणना भएको थियो। 

triton college

गणनामा कञ्चनजंघा संरक्षण क्षेत्रभित्र एक हजार ४२१ संख्यामा नाउर रहेको कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यालय प्रमुख गणेशप्रसाद तिवारीले बताए। यो विगतका वर्षको तुलनामा बढ्दो संख्या हो।

कञ्चनजंघा संरक्षण क्षेत्रको समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको छ। नाउरको बासस्थान र चरन क्षेत्रलाई आधार मानिएर चार वटा ब्लक क्षेत्र विभाजन गरी नाउरको गणना गरिएको थियो। तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताए। कोभिड-१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना हुन बाँकी छ। अझ ओलाङचुङगोला ब्लक क्षेत्रमा गणना गर्दा यो संख्या बढ्न जाने थापाले बताए।

घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ नाउर रहेको गणना तथ्यांकमा आएको छ। याङमा ब्लक क्षेत्रमा ५३२ र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ।  पोथी नाउरभन्दा भाले नाउरको संख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ। चार सय ९५ पोथी, ८१६ वटा भाले र ८० बच्चा नाउर रहेको गणनाको तथ्यांकले जनाएको छ। 

सत्ताइस वटा भालेपोथी नछुट्टिएका नाउर रहेका छन्। दुई सय आठ नाउर बयस्क भाले, २०७ नाउर तरुण भाले रहेको र २०६ नाउर किशोरावस्थाको रहेको तथ्यांकमा उल्लेख छ। एक सय ९८ वटा अर्धवयस्क उमेरका नाउर रहेको संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ। 

corrent noodles
Metro Mart

संरक्षण क्षेत्रमा चारवटा हिउँ चितुवा उपसमिति गठन गरिएको छ। उपसमितिलाई हिउँ चितुवाको अवलोकन गर्ने मुख्य जिम्मेवारी दिइएको छ। त्यही उपसमितिले हिउँ चितुवाको आहाराका रूपमा मानिने नाउरको पनि आवलोकन गर्दै आएको याङ्मा हिउँ चितुवा उपसमितिका अध्यक्ष फिन्सो शेर्पाले बताए। हिउँ चितुवाका उपसमितिका पदाधिकारी र संरक्षण क्षेत्रले तोकिएको प्राविधिकहरूमार्फत नाउरको गणना हुने गरेको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताए।

कञ्चनजंघा क्षेत्रमा घुन्साबाट पाङ्पेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामबाट कञ्चनजंघा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङ्मा क्षेत्रलाई याङ्मा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए। 

समुद्र सतहदेखि  तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्ने गरिएको छ। अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ। सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jul 27, 2021| 10:15 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।