शुक्रबार, वैशाख ७, २०८१

यौनहिंसाको आरोप लागेका एमजे अकबरले दिए राजिनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नयाँ दिल्ली- यौनहिंसाको आरोप लागेका भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले बुधबार पदबाट राजिनामा दिएका छन्। 

राज्यमन्त्री अकबरबारे सबैभन्दा पहिले वरिष्ठ पत्रकार प्रिया रमानीले करिब एक वर्ष पहिले 'भोग इन्डिया' मा लेखेको 'टू दी हार्वे विन्स्टेनस अफ दी वर्ल्ड' शीर्षकको लेखलाई रि-ट्विट गर्दै आफ्नो कथा सार्वजनिक गरेकी थिइन्।

इन्डिया टुडे, दी इन्डियन एक्सप्रेस र दी मिन्टमा काम गरिसकेकी प्रियाले अकबरलाई सम्बोधन गर्दै लेखेकी थिइन्, 'म २३ वर्षकी थिएँ, जब तपाईं ४३ वर्षको एक सम्पादक हुनुहुन्थ्यो, दी एसियन एजका लागि मैले जागिरको आवेदन दिएपछि अन्तरवार्ताका लागि तपाईंले मलाई बोलाउनुभएको थियो तर एक होटेलमा। दक्षिणी मुम्बईको एक होटेलमा पुगेर फोन गरेपछि तपाईंले मलाई कोठामा बोलाउनुभएको थियो। तर, त्यो अन्तरवार्ता कम र डेट ज्यादा थियो।'

दी इन्डियन एक्सप्रेसमा काम गरेकी पत्रकार सुमा राहाले पनि प्रियाको पोस्ट सेयर गर्दै एसियन एजमा जागिरका लागि अन्तरवार्ता दिन कोलकाताको ताज बंगालामा बोलाएर दुव्र्यवहार गरेको बताएकी छन्। यससँगै पत्रकार कनिका गहलोत, सुपर्णा शर्माले पनि अकबरले आफूलाई अनुचित व्यवहार गरेको बताएकी छन्।

उनलार्इ पत्रकार प्रिया रमानीलगायत १२ जनाले यौन शोषण गरेको आरोप लगाएका छन्। ६७ वर्षीय अकबर पत्रकार तथा विभिन्न पत्रिकामा सम्पादक रहँदा विभिन्न महिलाहरुलार्इ यौन दुर्व्यवहार गरेको आरोपमा मि टु अभियान अर्न्तगत १२ जनाले उनीविरुद्ध सार्वजनिक रुपमा यौन शोषणको अभियोग लगाएका छन्।

अकबरले आफूले न्यायका लागि अदालत जाँनलागि पदबाट राजिनामा दिनु उपयुक्त भएकोले राजिनामा दिएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजप्रति आफूलार्इ मन्त्री बन्ने अवसर प्रदान गरेकोप्रति कृतज्ञ भएकोसमेत बताएका छन्। 

प्रिया रमानीले अकबरको राजिनामाको स्वागत गरेकी छिन्। प्रिया रमानीले अब आफूलगायत अन्य सहकर्मीले न्याय पाउनेसमेत विश्‍वास व्यक्त गरेकी छिन्। 

अकबरले दिल्ली अदालतमा रमानीविरुद्ध गालीबेइजती मुद्दा दर्ता गरेका छन्। पत्रकारितामा सफल मानिएका अकबर सन् २०१४ को लोकसभा चुनावताका भारतीय जनता पार्टीमा प्रवेश गरे। र, सन् २०१५ मा झारखण्डबाट राज्यसभाको चुनाव जिते। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।