शनिबार, वैशाख ८, २०८१

'ठूलो' दुर्घटनाबाट जोगियो सीता एयरको विमान

हुम्लामा बुधबार साँझ सीता एयरको डोनियर विमान दुर्घटनाबाट जोगिएको छ।
 |  बुधबार, साउन २७, २०७८

देव राना

देव राना

बुधबार, साउन २७, २०७८

सुर्खेत- हुम्लामा बुधबार साँझ सीता एयरको डोनियर विमान 'ठूलो' दुर्घटनाबाट जोगिएको छ। सुर्खेतबाट काग्रो लिएर सिमकोट विमानस्थल पुगेको 'नाईन-एन-ए-एच-डी' डोनिएर जहाज दुर्घटनाबाट जोगिएको हो।  

triton college

जहाज अवतरण गरी पार्किङस्थलतर्फ जाँदै गर्दा पन्चर भएको थियो। ‘जहाज अवतरण गरेर पार्किङस्थलमा जाँदै गर्दा टायर पन्चर भयो,’ नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले भने, ‘उच्च सावधानी अपनाएका कारण ठूलो दुर्घटनाबाट जोगियो।’ 

जहाजको पछाडिको टायर पन्चर भएपछि जहाज रनवेमै घिस्रेको थियो। रनवेमै रोकिएको जहाजलाई त्यहाँ उपस्थितहरूले धकेलेर पार्किङस्थलसम्म ल्याइएका छन्। टायर पन्चर भए पनि जहाजमा क्षति नपुगेको गिरीले जानकारी दिए। 

विमान चालक दलका सदस्य पनि सकुशल रहेको उनले बताए।

प्रकाशित: Aug 11, 2021| 19:04 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्