बिहीबार, वैशाख ६, २०८१

सहयोगीका भरमा भन्सार कार्यालय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ। दुईजना कार्यालय सहयोगीले लामो समयदेखि भन्सार कार्यालयको राजश्व सङ्कलनको कार्य गर्दै आएका छन्। उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी रहेको छ। 

सो कार्यालयका नायब सुब्बा कैलाली भन्सार कार्यालयमा कार्यरत छन्। दरबन्दीका कर्मचारी नबस्ने भएपछि न्यून राजश्व संकलन हुने गरेको छ। सो भन्सार कार्यालयको बाटो हुँदै भारतबाट सामान ल्याउनेको लर्को देखिने गरेपनि कर्मचारीको अभावमा थोरैले मात्र राजश्व तिर्ने गरेका छन्। 

घरायसी सामान भन्दै भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीले वास्ता गर्दैनन्। भन्सार कार्यालयका कार्यालय सहयोगीले राजश्व तिराए धम्की आउने भएकाले उनीहरुले समेत सामान रोकेर राजश्व तिराउने हिम्मत गर्दैनन्। कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्था छैन्। 

कार्यालय सहयोगी बलबहादुर धामीले भने, “अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ, त्यसैले सबै समानको राजश्व तिराउने कार्य गर्न गाह्रो छ।” 

भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समय शुरक्षा नहुँदा अप्ठेरो रहेको उनले बताए। 

भन्सार कार्यालय भएर थोरै सामान आउने भए पनि खुला सिमानाका कारण चोर बाटोबाट बढी समान तस्करी हुने गरेको कार्यलय सहयोगीको भनाइ छ। भन्सार कार्यालयमा सुरक्षा बलियो भए राजश्व सङ्कलनमा वृद्धि हुने बताइएको छ। 

कञ्चनपुर भन्सार कार्यालयले हेर्दै आएको छोटी भन्सार कार्यालय गत वैशाखदेखि कैलाली भन्सार कार्यालयले हेर्ने जिम्मा लिएको छ। छोटी भन्सार कार्यलयसँग रहेको चार बिघा सात कट्टा १७ धुर जग्गासमेत अतिक्रमणको चपेटामा परेको छ। 

हेर्ने जिम्मा लिएको भन्सार कार्यालयले छोटी भन्सार कार्यालयबाट गत वैशाखदेखि भदौ महिनासम्म रु एक लाख ९० हजार सात सय २७ राजश्व मात्रै सङ्कलन गरेको छ। 

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले वर्षमा यस क्षेत्र बाट मात्रै रु ९० करोड बढी राजश्व सङ्कलन हुने देखिए पनि भन्सार छलेर सामान भित्र्याउने भएकाले राज्यलाई निकै घाटा भएको बताए। 

करोडौंको राजश्व छली भइरहेकाले भन्सार नाकाको स्तरवृद्धि र भरपर्दो सुरक्षाका लागि पहल भइरहेको बताए। छोटी भन्सार कार्यालय विसं २०२० मा स्थापना भएको हो। 

मदिरा बेचबिखन र सेवनमा निषेध 

जिल्ला प्रशासन कार्यालयले दशैं अवधिभर मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। 

आज प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको संयोजकत्वमा बसेको बैठकले मदिरा उत्पादनदेखि सेवन सम्मको कार्य निषेध गर्ने निर्णय गरेको हो। शान्ति सुरक्षालगायत जिल्लाको समग्र परिस्थितिलाई मध्यनजर गर्दै दशैंको टीकाको दिनसम्म मदिराजन्य पदार्थको खरीद बिक्री र सेवनमा रोक लगाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताए। 

“शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरेका छौं” उनले भने, “ तिहारको लक्ष्मी पूजा, गोवद्र्धन पूजा र भाइ टिकाको दिनसमेत मदिराको उत्पादन, ओसारपसार, बिक्रीवितरण सेवनमा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ।” 

बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, होटल व्यवसायी, जनप्रतिनिधि र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लगायत सहभागिता थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।