सुर्खेत- सुर्खेतमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व सुर्खेतको सिम्ता गाउँपालिकाको –३ बाँखर्कमा अटोरिक्सा सोमबार अटो दुर्घटना हुँदा सोही ठाउँका थिरप्रसाद शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले दिएको जानकारी अनुसार शर्माको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तिव्र गतिमा रहेको ना १ ह २४९८ नम्बरको अटोरिक्का दुर्घटा हुँदा सोही ठाउँका ३० का रणवहादुर आरसी गम्भीर घाइते भएका छन् ।
घाइते आरसीको उपचारका लागि नेपालगञ्ज लगिएको छ । अटो चालक कृष्ण विक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सुर्खेतका अटोरिक्सा दुर्घटना बढ्दै गएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४