शुक्रबार, वैशाख ७, २०८१

'मेस्सी र पीएसजी उस्तै हुन्, दुवै ठूलो कुरा चाहन्छन्'

बार्सिलोनामा २१ वर्ष बिताएका लियोनेल मेस्सी मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भए। गत वर्ष नै बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका मेस्सी ला लिगाको वित्तीय नियमका कारण यो वर्ष बाहिरिएका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

बार्सिलोनामा २१ वर्ष बिताएका लियोनेल मेस्सी मंगलबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भए। गत वर्ष नै बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका मेस्सी ला लिगाको वित्तीय नियमका कारण यो वर्ष बाहिरिएका हुन्।

triton college

बार्सिलोनासँग सम्झौता सकिएका कारण पीएसजीले उनलाई बार्सिलोनालाई कुनै मूल्य नतिरीकन अनुबन्ध गरेको छ। पीएसजीमा मेस्सीको वार्षिक तलब ३५ मिलियन युरो हुने चर्चा छ। र, उनले दुई वर्षका लागि पीएसजीसँग सम्झौता गरेका छन्।

बुधबार मेस्सी ठूलो भीडबीच पेरिस सेन्ट जर्मेनको रंगशालामा प्रवेश गरेका थिए। पीएसजीको पार्क डे प्रिन्सेस रंगशालाबाहिर ठूलो संख्यामा उनका समर्थक थिए। रंगशाला बाहिर रहेका ठूलो संख्याका समर्थकले मेस्सीको नाम लिएर उनको समर्थनमा ठूलो आवाज दिएका थिए– ‘मेस्सी मेस्सी मेस्सी।’

यता सामाजिक सञ्जाल इन्स्टाग्राममा पीएसजीका खेलाडीले उनीसँग खेल्न पाउने भएकोमा खुसी व्यक्त गरेका छन्। नेयमार, डी मारिया लगायतका खेलाडीले फोटो पोस्ट गर्दै मेस्सीलाई स्वागत गरेका छन्।

पीएसजीमा अनुबन्ध भएपछि उनले बुधबार पहिलो पत्रकार सम्मेलन गरे। पत्रकार सम्मलेनमा के भने त मेस्सीले? 

corrent noodles
Metro Mart

‘पहिले त म पीएसजीका अध्यक्षलाई उनको शब्दका लागि धन्यवाद भन्न चाहन्छु। म निकै खुसी छु। तपाईंलाई थाहा छ, म बार्सिलोनाबाट भर्खरै बिदा भएँ। लामाे यात्रापछिको त्यो निकै कठिन पल थियो। धेरै पछि केही परिवर्तन हुँदै थियो र परिवर्तन अप्ठ्यारो पनि थियो।

तर जब म यहाँ आइपुगें, धेरै खुसी भएँ। म अब अभ्यास सुरु गर्न चाहन्छु। म र मेरो परिवार पेरिस आएको पहिलो मिनेटदेखि निकै रमाइरहेको छ।

मलाई उहाँहरुले जसरी स्वागत गर्नुभयो, म अध्यक्षसँगै क्लब परिवारलाई धन्यवाद भन्न चाहन्छु। यो सम्झौता सोचेभन्दा सजिलो भयो। यो निकै युक्ति लगाएर निर्णय लिने समय थियो। पीएसजीले समस्या समाधान गरिदियो। मेरो लागि अप्ठ्यारो अवस्था पीएसजीले सहज बनाइदियो।

म यहाँ धेरै खुसी छु। खेल्ने र पहिलेको जस्तै धेरै भन्दा धेरै जित्ने उद्देश्य छ मेरो। यो क्लब सबै उपाधि जित्नका लागि तयार छ। यो नै मेरो लक्ष्य हो कि सधैं जितिरहुँ, सधैं अघि बढिरहुँ र उपाधि हात लागिरहोस्। त्यसै कारण अहिले म यहाँ छु।

म पेरिसको यो ‘क्रेजी’ वातावरणलाई धन्यवाद भन्न चाहन्छु। म यहाँ रमाउनेमा विश्वस्त छु र क्लबको सपनामा टिमले फाइट गर्नेमा पनि प्रतिबद्ध छु।

बार्सिलोना छोड्नु मेरा लागि निकै कस्टकर थियो। तर म पीएसजी जस्तो महत्वाकांक्षी टिममा अनुबन्ध हुन पाएकोमा निकै हर्षित छु।  बार्सिलोनाबाट बाहिरिने बित्तिकै मलाई पीएसजीले खबर गरेको थियो। यो क्लब अनुबन्धका लागि निकै छरितो र सिरियस थियो।’

मेस्सीले आफ्ना कुरा राखेपछि पत्रकार र उनीबीच प्रश्नोत्तर चल्यो। प्रस्तुत छ, प्रश्नोत्तरको सम्पादित अंश:

अब पीएसजीबाट कहिले खेल्ने?

खै, मलाई थाहा छैन। म अहिले बिदामा थिएँ। र, यो मेरा लागि सबै नौलो भइरहेको छ। मैले हिजो प्राविधिक सहयोगीलाई भनेको छु कि मलाई प्रिसिजन चाहिन्छ। म अब चाँडै अभ्यास सुरु गर्न गइरहेको छु र आशा गर्छु कि छिटै खेल्न पाउनेछु। जब यहाँको टिमले म ठिक छु भन्ने सोच्छन्, म खेल्नेछु।

अहिले मनमा कस्तो कुरा आइरहेको छ?

पछिल्लो हप्ता मसँग जे भयो, त्यो निकै पीडादायी र गहन रह्यो। ती सबै कुरा भावनात्मक पनि थिए र छिटोछिटो भइरहेको थियो सबै कुरा। म विश्वास गर्नै सकिरहेको थिइनँ कि मैले बार्सिलोनामा लामो समय बिताएपछि पनि यति खुसी हुन्छु होला। म यहाँ निकै खुसी छु। 

समर्थकबारे के भन्नुहुन्छ?

म रंगशाला नजिकैको बाटोमा यति धेरै समर्थक देख्न पाउँदा खुसी छु। जब मलाई प्रेसले यो कुरा भनेको थियो, म बार्सिलोनामा थिएँ। मैले स्पेनबाट मात्र यहाँ हेरेको थिएँ र मानिसहरु अघि नै बाहिर निस्किसकेका रहेछन्। मानिसहरुले बाटोबाट स्वागत गरेको देख्दा यो सम्झनलायक रहला भन्ने लागेको छ।

पीएसजीमा आएर बार्सिलोनाका समर्थकलाई निराश बनाउनुभयो नि?

म कहाँ जाँदैछु भन्ने थाहा नै नभई बार्सिलोनाबाट बाहिरिनु नै जटिल कुरा थियो। त्यो कुराले थप असर गर्यो सायद। यद्यपि बार्सिलोनामा मेरो घर छ। बच्चा बेलादेखि नै म त्यहाँ छु। तर उनीहरुलाई थाहा थियो कि म बलियो टिममा नै जानेछु, त्यो क्लबमा जानेछु जसले च्याम्पियन्स लिग जित्न चाहिरहेको छ। म जितलाई सधैं प्रेम गर्छु। मलाई महत्वपूर्ण गोल गर्न मन पर्छ। मलाई थाहा छ मेरो गोल र पीएसजीको गोल उस्तै छन्, हामी दुुवै ठूलो कुरा चाहन्छौं।

मलाई थाहा छैन कि बार्सिलोना विरुद्ध खेल्नुपर्छ वा पर्दैन। तर बार्सिलोना जानु मेरो निम्ति सुखको कुरा हुनेछ। म आशा गर्छु अब सबै कुरा दर्शकका सामु हुनेछन्। महामारी सकिएर समर्थकबीच खेल्न पाइनेछ। तर त्यो मैदानमा फरक क्लबको जर्सी लगाएर खेल्नु मेरा लागि अनौठो हुनेछ। 

परिवारबारे केही भन्नुहुन्छ?

मैले लियोनार्दो (खेल निर्देशक)लाई एउटा कुरा मात्र सोधेको छु– फ्रान्सको पेरिसमा परिवारका लागि कस्तो हुनेछ भनेर। मलाई लाग्छ पेरिसमा मेरो परिवार निकै खुसी रहनेछ।

यो मेरो नयाँ अनुभव हो र म यो आवश्यक ठान्छु। यो सबै फुटबलले गर्दा भएको हो। म विश्वस्त छु– म नयाँ टिमसँग पनि चाँडै घुलमिल हुनेछु, त्यसले मलाई खुसी दिनेछ।

म यसको सुरुआत गर्न चाहन्छु। यो हाम्रो लागि नयाँ हो तर म खेलको मामिलामा तयार भएको छु। परिवारको सन्दर्भमा चाहिँ यो सुन्दर सहर हो र हामी खुसी छौं।

फ्रेन्च फुटबलबारे मेस्सीलाई के थाहा छ?

म यो लिग फलो गरिरहेको हुन्छु। पेरिसमा मेरा साथी छन्। उनीहरुको कारण मैले गेम हेरेको छु र लिग वान फलो गरेको पनि छु। मलाई लाग्छ, यो च्याम्पियनसिप अहिले निकै वृद्धि भइरहेको छ।

लिगका लागि पेरिस सरुवा बजारमा धेरै काम गरेको छ। र, लिग धेरै प्रतिस्पर्धी भएको छ। सबै टिम बलियो भएका छन् किनभने तिनीहरु पीएसजीविरुद्ध जित निकाल्न चाहन्छन्। त्यसैले, अब मेरो नयाँ प्रतिद्वन्दी हुनेछन्। त्यसले मलाई नयाँ अनुभव दिनेछ। नयाँ अनुभव र वातावरण पाएर म खुसी हुनेछु।

मार्को भेराट्टीसँग खेल्दा कस्तो होला?

भेराट्टी उत्कृष्ट छन् र राम्रो खेलिरहेका छन्। बार्सिलोनामा पनि उनलाई क्लबले राख्न चाहेको थियो। आज अवस्था उल्टो भयो, म पो पीएसजी आइपुगेँ।

उनी अविश्वसनीय तरिकाले खेल्छन्। शानदार प्रदर्शन गरिरहेका छन्। भेराट्टी मात्र होइन, ड्रेसिङ रुम नै उत्कृष्ट छ। पीएसजीका सबै पोजिसनमा विश्वका उत्कृष्ट खेलाडी छन्। मलाई लाग्छ म यो स्क्वाडमा गोल गर्न मद्दत गर्न सक्छु।

मेस्सीलाई पीएसजीमा आउने निर्णयका लागि कसले सहयोग गर्यो?

डि मारिया, परेडस र ड्रोसिङ रुमका सबै टिमले। हामीले नेयमारलाई सम्पर्क गरेका थियौँ। मेरो निर्णयका लागि नेयमारको पनि ठूलो भूमिका छ।

–एजेन्सी

प्रकाशित: Aug 11, 2021| 17:08 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।