काठमाडौं–राजधानीको सुनधारामा जारी सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भिड बढेको छ । मोबाइल हबको शुरुवातका तथा दशैं लक्षित विभिन्न अफरहरुको कारण मोबाइल किन्नेहरुको भिड बढको हो ।
मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको रुपमा सिटीसी मोबाइल हबलाई लिने गरिएको छ ।
विभिन्न ब्रण्डका मोबाइलहरुमा हबमा ६० प्रतिशतसम्म छुट प्रदान गरिरहेको जनाइएको छ । हबमा दशैं धमाका, अफरभित्र पनि अफर, शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा, हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर, एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा, मोबाइल सट्टापट्टा लगायतका योजनाहरु रहेको जानकारी दिइएको छ ।
हलबा मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोबाइल बितरण गरिरहेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४