शुक्रबार, वैशाख १४, २०८१

हराउँदैछ पिङ संस्कृति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पाल्पा- नेपालीको महान पर्व दशैंमा अनिवार्यजस्तो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै हराउँदै गएको छ। जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैंतिहारसम्म पिङ हालेर खेलिने चलन हराउँदै गएको हो। 

दशैंका बेला बस्ती र टोलहरूमा पिङ हाल्नका लागि आतुर हुने र खेल्न तँछाडमछाड गर्ने देखिन्थ्यो तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन। सोही कारण संस्कृति नै हराउन थालेको हो। 

वर्षको एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारणले पिङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो। किशोर, युवादेखि बयस्क उमेर समूहका मानिस पिङप्रति निकै आकर्षित हुने गर्थे। आधुनिक जीवनशैलीका कारण मानिस पिङप्रति रुचि देखाउन छाडेका छन्। 

व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमै मानिस आधुनिक पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रतिको रुचि कम भएको हो।  पाल्पा बगनाकाली गाउँपालिका-९ का कृष्ण भुसालले बाल्यकालमा लिंगे पिङ निकै खेलिने र रमाइलो हुने गरेको अनुभव सुनाए। उनले काठे पिङभन्दा लुठे पिङ खेल्दा रमाइलो हुने बताए। भुसालले भने, 'पहिला एउटा बस्तीमा एउटा पिङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन।' 

बगनाकाली गाउँपालिका-६ यम्घाका रामप्रसाद दर्मले १५ वर्षदेखि पिङ खेल्न नपाएको बताए। पिङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन्। खरले बाटेर लिंगे पिङ बनाउने गरिएको उनले बताए। 

पाल्पाको रामपुर नगरपालिका-७ वागमतीका यमबहादुर सुनारले काठको पिङ देखिनै छाडे पनि लिंगे पिङ रामपुर क्षेत्रमा अझै देखिने जानकारी दिए। काठ अभावमा काठे पिङ बनाउन सम्भावना नै नभएपछि लिंगे पिङ खेलेर मनोरञ्जन लिन रुचाउँछन्। 

सार्वजनिक स्थलमा भेटिने पिङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कम हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरू चिन्तित छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।