बुधबार, वैशाख १२, २०८१

जनकपुरबाट हतियारसहित तीन पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रहरी जनकपुरबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका–१९ स्थित ५२ बिघास्थित एक फुसको झपडीबाट प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा औरही गाउँपालिका-६ बस्ने २७ वर्षीय रामचन्द्र दास, जनकपुरधाम–१९ का ऋषिकेशप्रसाद साह र सोहि स्थानका १८ वर्षिय आशिक मण्डल रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल, दुई राउण्ड गोली र दुई थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। फुसको झुपडी भित्र केहि व्यक्तिहरु तास खेलिरहेको सूचनाको आधारमा प्रहरी पुगेको थियो। 

प्रहरी पुगेपछि भाग्ने क्रममा पक्राउ परेका उनीहरुको खानतलाशी गर्दा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएपी दीपेन्द्र शाहीले जानकारी दिए। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको शाहीले बताएका छन्।

रौतहटबाट चार भारतीयसहित ६ जना पक्राउ

रौतहट प्रहरीले चार भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको गस्ती टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रको परोहा नगरपालिका मोतिपुरबाट उनीहरुलाई एक चाइनिज पेस्तोलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासाहन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसीया तथा धनुषाको फुलबरीया बस्ने ३१ वर्षीय रोहित साह तथा काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेको रौतहट प्रहरीका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए। 

प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोज्दा नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पेस्तोलसहित एक थान म्याग्जिन पनि बरामद भएको प्रहरीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।