मंगलबार, वैशाख ४, २०८१

अन्तर्राष्ट्रिय फोटो महोत्सव 'फोटो काठमाडौं' आजबाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - अन्तर्राष्ट्रिय फोटो महोत्सव फोटो काठमाडौँको तेस्रो संस्करण शुक्रबारबाट शुरु भएको छ। २६ असोजदेखि ३० कार्तिकसम्म सञ्‍चालन हुने फोटो महोत्सवमा सामेल प्रदर्शनी तथा कार्यक्रमहरु पितृसत्ता, पहिचान, लिंग, यौनिकता तथा शक्तिजस्ता विषयमा केन्द्रित छन्।  

फोटो काठमाडौँ २०१८ मा १८ फोटो प्रदर्शनी, ४ रातसम्म स्लाइडशो प्रदर्शनी, १७ कलाकार संवाद तथा छलफल प्यानल, ८ कार्यशाला, एक मिक्स (मिडिया रेजिडेन्सी) साथै महोत्सवको इतिहासको पहिलो दक्षिण एसियाली इन्क्युबेटर कार्यक्रम हुने भएका छन्। कला क्षेत्रमा कलाकार तथा साधकहरुलाई आफ्नो कला साधना तथा विकासका लागि चाहिने सिप, दक्षता, अभ्यास तथा बजारबारे ज्ञान उपलब्ध गराउने मन्चलाई कलाइन्क्युबेटर कार्यक्रम भनिन्छ।   

यसपटक प्रिन्ट प्रदर्शनीतर्फ नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरुको विविध समूहले दुइ चरणमा आफ्नो काम प्रस्तुत गर्नेछन्। असोज २६ मा शुरु हुने पहिलो चरणमा अमर कन्वरको तेजिलो बयान दिवस राजा केसी तथा नयनतारा गुरुङ कक्षपतिको सह प्रबन्धनमा आमवृत्तमा महिलावादी स्मृति पहल, बुनु ढुंगानाको प्रतिरोध कीपामास्के, इरिनागिरी तथा सोनाम चोकी लामाको वियुक्त शरीर लरेन्स रस्तीको इरानमा कोहि पनि समलिंगी छैनन्, श्रीधर लाल मानन्धरको स्वाधीन अभिलेखनकर्ता, लुसिया डेभ्रिज तथा प्रशित स्थापितको सहप्रबन्धनमा विराट, अद्भुत, भव्यउन्माद : हिप्पी काठमाडौँ तथा निना मानन्धरको भ्रातृत्व र गोर्खालीका छोरा सामेल छन् ।   

कार्तिक ९ गते थप ६ वटा प्रदर्शनीसहितमहोत्सवको दोस्रो चरण आरम्भ हुनेछ । त्यसमा लाङटाङ मेमोरी प्रोजेक्टको सेम्पाः त्सेरे किपु शोस सोहरब हुराको लुप्तशिर र पंक्षीस रबिन ह्यामण्डको जहाँ प्रेममाथिकानुनीबन्देज छस बाइण्ड कलेक्टिभको बाइण्ड बक्स ३३स अनिश्कावर्माको प्रबन्धनमाकसको र कसकालागिस तथा नेपालपिक्चर लाइब्रेरी  र मदन पुरस्कार पुस्तकालयकाअभिलेखालयबाट लिइएकातस्विरको संकलनओपन स्टुडियो छन् । पहिलो चरणका प्रदर्शनीपनिमहोत्सवभरि रहनेछन् ।                    

असोज १२ गते महोत्सवले २ कलाकार तथा २ भिन्नकलाकारद्वयको जोडी गरि ५ विभिन्न देशबाटजम्मा ६ कलाकारलाई एक महिने मिक्समिडिया रेजिडेन्सीमा स्वागतगर्यो । अतिथिप्रबन्धकद्वयवीरांगनाकुमारी सोलंकीतथा सुजन चित्रकारसँग सहकार्यमायीकलाकारहरुले पाटनमा एक महिनाबसोबास गर्दै फोटोग्राफीतथाअन्यमध्यमबीचको अन्तर्सम्बन्धअध्ययनगर्दै मौलिक कृतिसिर्जनागर्नेछन् र महोत्सवको मुख्यकार्यक्रमअवधिमाप्रदर्शन गर्नेछन् ।               

कार्तिक ९ देखि १५ सम्म हुने यस वर्षको कार्यक्रम सप्ताहमा स्लाइड शोको रूपमा थप प्रदर्शनीहरु, नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारका लागि व्यवसायिक विकासका अवसर, पोर्टफोलियो रिभ्यु र सम्पर्क तथा संजाल विस्तार कार्यक्रमहरु र कलाकार संवाद तथा प्यानल छलफलमार्फत सार्वजनिक अन्तरक्रिया सामेल छन्।  

यस वर्षको स्लाइड शो कार्यक्रमले विगतका वर्षमा झैँ महोत्सवका प्रमुख विषयबारे वार्तालाप जारी राख्दै एसिया तथा अफ्रीकाका कलाकारहरुको काम प्रदर्शन गर्नेछ ।  यस वर्षका कार्यशालाहरुले फोटोग्राफीको अभ्यासमा सिर्जना भइरहेका नयाँ प्रवृत्ति र विचारहरुलाई सम्बोधन गर्नेछन्।   विशेष उल्लेखनीय कृतिहरुमा बम्बे फ्लाईङ्ग क्लब काउवे एच मार्टिनको मल्टिमिडिया कथानक निर्माण तथा वेबका लागि डकुमेन्ट्री, सुमित दयालको अति यथार्थवाद हामीले विश्वलाई कसरी नयाँ स्वरूप दिँदै छौँ, तथा रबिन ह्यामण्डको स्व तथा प्रतिनिधित्व छन् ।                 

हाम्रो शहर, यहाँका बासिन्दाहरू, यसको विगत तथा यसका महत्वाकांक्षाहरूबीच नयाँ संवाद सिर्जना गर्ने फोटो काठमाडौँको जमर्को छ। यसका कलाकार संवाद तथा प्यानल छलफलहरुले ‘कलामार्फत हस्तक्षेप’का हदलाई चुनौती दिँदै स्थानीय तहमा सान्दर्भिक सामाजिक तथा राजनीतिक विषयहरुमा गहन अन्तक्रिाय गर्नेछ। 
    
यस वर्ष हामी विशेष गरी तन्जिम वाहाब, इल्गिन डेनिज आक्सेलोग्लु, कनकमणि दीक्षित, अमर कन्वर तथा सुबिना श्रेष्ठबीच अभिव्यक्तिमाथि बन्देज सेन्सरसिप बारे द फ्यामिली क्यामेरा प्रोजेक्टबारे दीपाली देवानको विचार महिलावादी स्मृति पहलमा सामग्री दिएर सघाउने महानुभावहरुको भनाइ तथा निना मानन्धरको डायस्पोराका नेपाली युवाहरुसँगको कामबारे अनुभव सुन्न सकिने छ।                         

फोटो काठमाडौँ एक सांस्कृतिक कार्यक्रम हो। यसले आफ्नो समुदाय तथा अन्य सांस्कृतिक संस्थालाई पनि सहयोग गर्ने गर्दछ। यसको कला तथा शिक्षा कार्यक्रममा आबद्ध युवा कला शिक्षकहरुको समूहले विद्यार्थीहरु, शिक्षकहरु, व्यवसायीहरुको सञ्जाल तथा परिवारहरुलाई महोत्सवमा सहभागी कलाकार तथा प्रदर्शनीहरुसँग अन्तक्रिया गर्न निम्त्याउँछन्। 

सन् २००७ मा स्थापना भएको फोटो सर्कल नेपालमा फोटोग्राफीको लागी एक मन्च हो। कार्यशाला, प्रकाशन, प्रदर्शनी तथा लासैको आग्रहमा गरिने काममार्फत फोटोसर्कलले फोटोग्राफरहरुको लागि सिक्ने, प्रदर्शन गर्ने, प्रकाशन गर्ने तथा आफ्नो कामलाई बजारसम्म लैजाने अवसर सिर्जना गर्ने प्रयत्न गर्छ।           
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।