बुधबार, वैशाख १२, २०८१

दशैंले छोएन जनकपुरका व्यापारीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- यस वर्षको दशैं बुधबारदेखि शुरु भइसकेको छ। दशैं शुरु हुनासाथ जनकपुरसहित मुलुकभर चहलपहल बढेको छ। जनकपुरबाहिर रहेकाहरु दशैं मनाउन धमाधम आफ्ना घर फर्कन थालेका छन्। आ-आफ्ना घर फर्केकाहरु दशैं मान्न उत्साहित देखिएका छन्। 

विभिन्न मन्दिरहरुमा दशैं अवधिभर गरिने पूजाले जनकपुरको रौनकता बढाएको छ। यहाँको राजदेवी मन्दिरसहित दर्जनौं स्थानमा दशैंमा दुर्गाको पूजा गर्ने परम्परा छ। बिहान ४ बजेदेखि मन्दिरहरुमा पूजा गर्न श्रद्धालुहरु पुग्ने गरेका हुन्छन्। र, साँझ पनि मन्दिरहरुमा पूजागर्नेहरुको चहलपहलले रौनकता बढाएको छ।

जनकपुरमा चहलपहल बढेपनि यस वर्षको दशैंले यहाँका व्यापारी व्यवसायीहरुलाई छुन सकेको छैन् । पटक पटकको मधेश आन्दोलन र गत वर्ष स्थानीय चुनावले प्रभावित भएपनि यस वर्षको दशैंमा राम्रो व्यापार व्यवसाय गर्ने आशा थियो, यहाँका व्यापारीहरुम । तर, विगतका वर्षहरु झैँ यसपटक पनि उत्साहित छैनन्, यहाँका व्यापारी।

दशैंको मुखमै आएर जनकपुर बजारमा सडक निर्माण गर्न व्यवसायिक प्रयोजनमा प्रयोग हुने घरहरु भत्काइको कारण व्यापारीहरु समस्यामा परेका हुन् । सडक विस्तारकै लागि व्यापारीहरुले तीन चार महिना अघि नै घरहरु भत्काएपनि बजार क्षेत्रमा अझै सडक निर्माण कार्य पुरा हुन सकेको छैन्।

समयमा सडक निर्माण कार्य पुरा नभएपछि दशैं लागेपनि बजारमा उपभोक्ताहरुको भिड छैन् । विगतमा दशैं शुरु भए लगत्तै किनमेल गर्नेहरुको चहलपहल हुन्थ्यो तर यस वर्ष दशैं लागि सकेको अनुभूति नै नभएको स्थानीय जनक चोकमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले बताए।

दशैंमा जनकपुरको प्रमुख व्यापरिक केन्द्र हुन्छ जानकी मन्दिर, जनक चौक र पुराना बजार । तर अहिले यी सबै क्षेत्र अस्तव्यस्त छ। तोडफोडका कारण पसल सञ्चालनमा आउन सकेको छैन भने हिँडडुल गर्नसमेत बाटो छैन् । पसल र बाटो दुबै नहुँदा यहाँका व्यापारीबीच यस वर्षको दशैं निरश बनेको व्यापारीहरु बताउँछन्।

दशैंको मुखमा आएर बजार र सडक अस्तव्यस्त भएकोले व्यापारीहरुमा उत्साह नदेखिएको जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह बताउँछन् । मन्दिर वरपर पूजा गर्नेहरु देखिएपनि बजार सुनसान रहेको भन्दै साहले दशैंमा व्यापार व्यवसाय शुन्य रहेको बताए।

विगतका वर्षहरुमा दशैंमा किनमेल गर्न भारतीयहरु जनकपुर आउने गरेपनि यस वर्ष जनकपुरका स्थानीयहरु भारततर्फ जान थालेको उनको भनाइ छ। ‘दशैंको मुखमै मुख्य बजाका घरहरु तोडफोड गरिएको छ, हिँडडुल गर्न बाटो छैन,’ वरिष्ठ उपाध्यक्ष साहले भने,‘बाटो र पसल नै नभएपछि सामान खरिद गर्न को आउने?

सुनचाँदीको बजारमा ग्राहक नै देखिदैनन्। व्यापार ध्वस्त छ ।’ मालसमान बिक्रि नहुने डरले व्यापारीहरुले सामान पनि ल्याउन छोडि सकेको उनको भनाइ छ।
यसैगरी धनुषा च्याम्बर अफ कमर्सका अध्यक्ष विजय साहले पनि दशैंमा जनकपुरको व्यवसाय शुन्य प्रायः रहेको बताए । दशैंको मुखमै घरटहरा भत्काइएकोले बजारमा उपभोक्ता आउन छोडेको विजयले बताए।

‘दशैं शुरु भइसक्यो तर राजदेवी मन्दिर र जानकी मन्दिर जाने बाटो छैन्,’ विजयले भने,‘मुख्य बजारमै बाटो नभएपछि खरिदारी गर्न को आउँछ ?’ निर्माण कार्यमा भएको ढिलाइको जरिवाना व्यापारीलाई दिइएको उनको भनाइ छ। सरकारले लिएको नीतिका कारण महँगाई बढेकोले पनि बजारमा ज्यादा उत्साह नदेखिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।