शनिबार, वैशाख ८, २०८१

प्रहरीको मनोबल खस्किन दिन्‍नँ- आईजीपी खनाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पछिल्ला केही घटनाले प्रहरीको मनोबल खस्कन लागेको बताउँदै मनोबल उच्च राखेर जनताको शान्ति सुरक्षामा प्रतिबद्ध हुन निर्देशन दिएका छन्।

६३ औं प्रहरी दिवसको अवसरमा बोल्दै खनालले १/२ घटनालाई लिएर सिंगो प्रहरीमाथि प्रश्न उठाउनु कति जायज छ भनी प्रतिप्रश्न गरे। आतंकवाद र संगठित अपराधीले अत्याधुनिक प्रविधी प्रयोग गरिरहेका बेला नेपाल प्रहारी भाडाको छाप्रोमा बिनासाधन-स्रोत १८ घण्टा ड्युटी गर्न बाध्य रहेको उनले बताए। प्रहरीलाई साधन-स्रोत उपलब्ध गराउन खनालले सरकारलाई आग्रह गरे।

गृह मन्त्रालयले अगाडि सारेको ८२ बुँदे कार्ययोजनालाई अक्षरशः पालना गरिएको बताउँदै आईजीपी खनालले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन मातहतका प्रहरीलाई निर्देशन दिए। प्रहरीमाथि असीमित जिम्मेवारी रहेकाले नागरिकको सहयोगबिना अनुसन्धान चुस्त बनाउन नसकिने खनालले बताए। प्रहरीको सक्रियताले यौन दूराचारी, सिरियल किलर, भूमिगत आपराधिक गिरोह, लागूऔषध कारोबार र अवैध चन्दा आतंक न्यून रहेको उनको दाबी थियो।

खुला सिमानाका कारण नेपालमा अपराध गरेर दोस्रो देश जाने गरेकाले नेपाल प्रहरीलाई चुनौती थपिएको खनालले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।