बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई एक प्रतिशत ब्याजमा कर्जा

खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई एक प्रतिशत ब्याजमा कर्जा

सरकारले कोभिड खोप उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन उत्पादन गर्ने उद्योगलाई पनि राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा राखेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– सरकारले कोभिड खोप उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन उत्पादन गर्ने उद्योगलाई पनि राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा राखेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी ती वस्तुका उद्योगलाई प्राथमिकताप्राप्त उद्योगमा राखेको हो। 

triton college

ती उद्योगहरुले अब विशेष पुनर्कर्जाको दरमा सहुलियतपूर्ण कर्जा पाउनेछन् भने पाँच वर्षसम्मको लागि विद्युत महसुल छुट पाउने छन्। विशेष पुनर्कर्जाको रकम हाल एक प्रतिशत छ। त्यस्तै उद्योगसम्म पुग्ने पक्की बाटो, ढल, खानेपानी, शौचालय सरकारले बनाइदिने छ। यदि आफैंले खर्च भने लागतको ७५ प्रतिशत रकम फिर्ता दिने छ।

उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रका उद्योगहरुले जेजे सुविधाहरु पाउँछन्, ती सबै सुविधा अब यी क्षेत्रका उद्योगहरुले पाउनेछन्।

अहिले राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रका उद्योगहरुले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पुँजीकरण सुविधा, परियोजनामा आधारित कर्जा, विशेष पुनर्कर्जाको दरमा सहुलियत कर्जा पाइरहेका छन्।

त्यस्तै अब ती उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीको आयात गर्दा स्वीकृत स्किम बमोजिम उद्योग दर्ता भएको मितिले तीन वर्षसम्म भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा पूरै छुट दिइने राजपत्रमा सुचना प्रकाशित सूचनामा उल्लेख गरिएको छ। 

corrent noodles
Metro Mart

हाल १४ प्रकारका उद्योग राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा परेका छन्। अक्सिजन र भ्याक्सिन उत्पादन गर्ने उद्योग समेत थपिएपछि अब १६ प्रकारका उद्योग राष्ट्रिय प्राथमिकताप्राप्त क्षेत्रमा परेका छन्। 



प्रकाशित: Aug 11, 2021| 14:56 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्