शुक्रबार, वैशाख १४, २०८१

निर्मला हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाइ महिना बित्नै लाग्दा घटनाको अनुसन्धान अझै शून्यमै छ। 

लामो प्रतीक्षापछि उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक भए पनि यसले आशाअनुरूपको भित्री रहस्य अझै खोल्न नसकेको बताउँदै स्थानीय बासिन्दा र पीडित परिवार नै सन्तुष्ट देखिँदैनन्। 

प्रतिवेदनले प्रमाण नष्ट गरेका आधारमा अनुसन्धान प्रहरीमाथि नै केन्द्रित गर्न सुझाव दिए पनि हत्या कसले गरेको हुनसक्छ भन्नेबारे केही बोलेको छैन। स्थानीयवासी र परिवारले दाबी गरेअनुसार प्रतिवेदनले पनि प्रहरीको लापरवाहीकै कारण घटनाको अनुसन्धानमा समस्या आइरहेको भने उल्लेख गरेको छ। 

यसअघि प्रहरीले अनुसन्धानमा गरेको लापरवाहीबारे सुक्ष्म अध्ययन गर्न तत्कालीन डीआर्इजी (हाल एआर्इजी) धिरु बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिले अझै पनि आन्तरिक रूपमा काम गरिरहेको छ।  बस्नेतको नेतृत्वमा बनेको नयाँ अनुसन्धान टोली र एसपी दुर्गा चन्द ठकुरीको नेतृत्वमा अनुसन्धान टोली कञ्चनपुर खटाइएको भए पनि हत्यासम्बन्धी नयाँ तथ्य भने फेला पर्न सकेको छैन। अपराधी पत्ता लाग्ने सम्भावित प्रमाणहरू नष्ट भइसकेको अवस्थामा अनुसन्धान समिति निर्मलाको शरीरको पोस्टमार्टम रिर्पोट वरिपरि नै घुमिरहेको देखिन्छ। 

त्यसका अलावा समितिले घटनास्थलनजिकै रहेको सेनाको २५ नम्बर बाहिनीका सैनिकहरूमाथि अनुसन्धान केन्द्रित गरेको छ। तर, अनुसन्धानका लागि सेनालाई पत्राचार नभइसकेको प्रहरी स्रोतको दाबी छ। स्थानीय बासिन्दाबाट सूचनामा सहयोग नभएकाले पनि अनुन्धान प्राविधिक रूपमा भर पर्नुपरेको बताइएको छ। 

कतिपय स्थानीय बासिन्दाले घटनामा तत्कालीन एसपी डिल्लीराज बिष्टका छोरा किरणको संलग्नता रहेको आशंका गरेपछि अनुसन्धान टोली त्यतातिर पनि सोझिएको छ। 

सोही दिनको सीसी क्यामेराको फुटेज डिलिट भइसकेकाले रिकभरका लागि होटेलबाट हार्डडिस्क निकालेर अनुसन्धानका लागि प्रहरी मुख्यालयमा ल्याइएको छ। साथै, महेन्द्रनगरकै सडकमा रहेको अर्को सीसी क्यामेराको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लागिएको जिल्ला प्रहरी कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले जानकारी दिए। उनका अनुसार सीसी क्यामेराको हार्डडिस्क पनि ‘रिकभर’ भए धेरै विषयको रहस्य खुल्नेछ। 

यसअघि प्रहरीले अनुसन्धानका नाममा निर्दोषहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। प्रहरीले दिलिपसिंह बिष्टलाई जबरजस्ती अपराधी सावित गराउने प्रयाससमेत गर्यो। तर, डीएनए परीक्षणले उनको संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छाडेको थियो। उनीसँगै प्रहरीले निर्मलाका साथी बम दिदिबहिनीलाई पनि पक्राउ गरेको थियो। 

उनीहरूलाई पनि साधारण तारेखमा छाडेको छ। त्यसपछि स्थानीय बासिन्दाको दबाब थेग्न नसकेकै कारण एसपी बिष्ट, उनका छोरा किरण र मेयर सुरेन्द्र बिष्टका भतिजा आयुषको डीएनए टेस्ट गर्न पठाइएको थियो। उनीहरूको डीएनए रिपोर्ट पनि नेगेटिभ देखिएपछि अनुसन्धान करिब शिथिल बनेको छ। अहिले प्रहरीले अनुसन्धानको थप पाटोको खोजी थालेको छ। 

अनुसन्धानका लागि कस-कसलाई गरियो निलम्बन? 

प्रहरीले नै प्रमाण नष्ट गरेकोदेखि पटक-पटक हेलचेक्र्याईं गरेको आरोप लागेपछि हालसम्म आठ प्रहरीलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइएको छ। कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी बिष्टदेखि प्रहरी जवानसम्मलाई निलम्बन गरिएको छ। ७ भदौमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिसअनुसार ६ जना प्रहरीलाई निलम्बन गरिएको थियो भने एआईजी धिरु बस्नेत नेतृत्वको छानविन समितिको सिफारिसमा आइतबार थप दुई जनालाई निलम्बन गरिएको छ। 

निलम्बनमा पर्नेहरूमा एसपी बिष्ट, डीएसपी ज्ञानबहादुर सेटी, डीएसपी अंगुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी छन्। एआईजी बस्नेत नेतृत्वको छानविन समितिको सिफारिसमा निलम्बनमा पर्नेहरूमा प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन्। १० साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो। घटनाका अभियुक्तलाई पक्राउ गर्न नसक्दा प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न चिन्हसमेत खडा भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।