शनिबार, वैशाख ८, २०८१

बंगलादेशमा दुई पूर्वमन्त्रीसहित १९ लाई मृत्युदण्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ढाका- बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका दुई पूर्वमन्त्रीसहित १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । 

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । 

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् । 

भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् । 

होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरेका छन् । उनले पूर्व गृहमन्त्री समेत दुईजना मन्त्री र पूर्व जासूसी संस्थाका दुईजना प्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको जानकारी दिए । 

बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामी (हुजी) सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले बताए । उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो । 

सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहेकी थिइन । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो । 

चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरेकी थिइन् । 

गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको प्रतिक्रिया दिएका छन् । यता रहमानका वकील सनाउल्लाह मियाले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताए । उनले आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति जनाए । एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।