बिहीबार, वैशाख १३, २०८१

प्रदेश सरकारलाई जिवन्त बनाउन प्रदेश प्रमुखको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले प्रदेश सरकारलाई जिवन्त गराउनुपर्नेमा जोड दिएका छन् ।

लुम्बिनी प्रेसक्लब भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार दीपेन्द्र बडुवाललाई भैरहवामा आयोजित एक समारोहमा पुरस्कृत गर्दै संघ र स्थानीय सरकारसंग प्रदेश सरकारको सम्बन्ध बढाउन पत्रकारहरुले सहयोग पुराएर प्रदेश सरकारलाई जिवन्त बनाउने कार्यमा सहयोग गर्न आग्रह गरे ।

उनले भने ‘प्रदेश सरकारको संरचना अझै सम्म पुर्ण रुपमा निर्माण भईसकेको छैन । यस्तो बेलामा पत्रकारहरुले रचनात्मक सहयोग गर्नुपर्दछ । ’

प्रदेश प्रमुख झाले भने ‘स्थानिय र संघीय सरकारले काम शुरु गरिसकेका छन् तर प्रदेश सरकारले अहिले सम्म आफ्ना काम कारबाहि सुचारु गर्न सकेको छैन । त्यसैले मैले भन्ने गरेको छु , प्रदेश सरकारलाई जिवन्त गराउनु जरुरी छ। ’ प्रदेश सरकार सक्रिय भएर काम नगरे सम्म संघीयताको अनुभूति नहुने उनको दाबी थियो ।

नगदराशी ५० हजारको उक्त पुरस्कारबाट पुरस्कृत भएपछि कान्तिपुर दैनिकका ५ नम्बर प्रदेश संयोजक रहेका पत्रकार बडुवालले भने ‘म बरु जोगी बनौला तर पत्रकारितालाई कहिल्यै दुरुपयोग गर्नेछैन। ’

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित उक्त पुरस्कार वितरण समारोहमा पर्यटन, उद्योग, वन तथा वातवरणमन्त्री लिला गिरीले ५ नम्बर प्रदेशको समृद्धिको आधार नै पर्यटन भएको बताए। उनले भने ‘पर्यटन मार्फत नै देश विकास गर्ने हो । पत्रकारहरुको कलम पनि पर्यटन प्रबद्र्धनमा अहिले भन्दा अझै तदारुकताका साथ अगाडी बढ्नुपर्ने देखिएको छ । मलाई विश्वास छ पर्यटन पत्रकारिताले हामीलाई पनि समृद्धिको यात्रा तय गर्न सहयोग पुराउनेछ । ’

सो अवसरमा प्रदेश सभा सदस्य सन्तोष पाण्डेले पर्यटन विकास नै मुलुकको समृद्धिको आधार भएको बताए । उनले विश्व पर्यटनको केन्द्र लुम्बिनी र यस आसपासको क्षेत्रको सहि ढंगले प्रचार प्रसार गरेर अगाडी बढेमा मात्रै पनि नेपाल समृद्धि तर्फ अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा पत्रकारिता पुरस्कार मुल्यांकन समितीका संयोजक समेत रहेका पर्यटनवीद प्रा.डा. गितु गिरीले लुम्बिनी क्षेत्रको  पर्यटकीय विकासमा सहयोग पुराउने ध्ययेले स्थापीत लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारले मुलुकको  पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पुरस्कारका संस्थापक अग्रज पत्रकार नारयण प्रसाद सापकोटाले महामानब गौतमबुद्धको जन्मथलो लुम्बिनी र त्यस आसपासको क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनमा टेवा पुराउने ध्ययेले हरेक वर्ष प्रदान गरिनेगरी आमा भुवन कुमारी सापकोटाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको बताए ।

रुपन्देहीका संघसंस्थाका प्रमुख, सरकारी कार्यलयका प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगानाले गरेका थिए भने सन्चालन महासचिव नरेश के.सी र स्वागत कार्यक्रम संयोजक सम्झना शर्माले गरेकी थिईन्।

२०३९ सालमा अछामको बयाला गाविस ५ मा बुबा जस्वीर बडुवाल र आमा इशरा बडुवालको कोखबाट जन्मिएका पुस्कृत पत्रकार बडुवाल २०५९ सालदेखी बर्दिया, चितवन र हाल रुपन्देहीमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका छन् । उनले यसअद्धि चितवनमा संरक्षण तथा पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।