शनिबार, वैशाख ८, २०८१

जयसिंह धामी बेपत्ता घटनाको छानबिन टोली धनगढीमा

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि बेपत्ता जयसिंह धामी घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली धनगढी आइपुगेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

धनगढी– दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि बेपत्ता जयसिंह धामी घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली धनगढी आइपुगेको छ। 

triton college

बैतडी हुँदै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पुगेको टोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग भेट गरेको छ।

भेटका क्रममा छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा मुख्यमन्त्री भट्ट र काननुमन्त्री जोशीलाई जानकारी गराएको छ। मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताइन्। 'टोलीलाई सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाकामा दिने सास्ती लगायतका विषयमा जानकारी गराएको छु’, जोशीले भनिन्, ‘अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझावसमेत दिएको छु।’

बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली आज नै कञ्चनपुर जाने बताइएको छ। 

छानबिन टोलीका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेलले कञ्चनपुरमा पनि महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताए।

corrent noodles
Metro Mart

साउन १५ गते भारतीय भूमि प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउने क्रममा महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले तुइन फुकालिदिएपछि खसेर दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। उनी अहिलेसम्म फेला परेका छैनन्।

प्रकाशित: Aug 11, 2021| 14:39 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।