मंगलबार, वैशाख ४, २०८१

सिटिजन्स बैंक र क्लिनिक वनले सेवा साझेदारी गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालीबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुबिक्रम राणाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट तीनलाख ५० हजार बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्