शुक्रबार, वैशाख १४, २०८१

फेरि सर्‍याे नेकपाको सचिवालय बैठक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- पार्टी भित्रको विवाद मिलाउन बसेको नेकपाको सचिवालय बैठक ठोस निष्कर्ष बिना नै सरेको छ । करिब ३ घण्टा बालुवाटारमा छलफल भएपनि पार्टीको विवाद साम्य हुन नसकेपछि २४ गते बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । 

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकले केही कार्यसूची तय गरेको र बुधबारका लागि पुनः बैठक डाक्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीका असन्तुष्टि, केन्द्रीय कार्यालय व्यवस्थापन, प्रदेश कमिटिलाई पूर्णता तथा जिल्ला कमिटि गठन, पार्टी, संसद र सरकारका कामकारवाहीको समीक्षालगायतका कार्यसूची बैठकले तय गरेको छ । 

बैठकमा बरिष्ठ नेता माधव नेपालको असन्तुष्टिका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। प्रदेश अध्यक्ष तथा इञ्चार्ज तोकिएको विषयमा वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका थिए । आफू विदेशमा रहेका बेला जिम्मेवारी तोकिएको भन्दै उनले नेतृत्वको आलोचना गर्दै आएका छन्। पछिल्लो समय उनले पार्टी नेतृत्व र सरकारबारे सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन्। 

सोमबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रसंघ महासभा तथा कोस्टारिकाको भ्रमणका बारेमा जानकारी गराएका थिए । उनले भ्रमण सफल भएको र दुई पक्षीय सम्बन्ध विस्तार भएको पनि बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यस्तै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले आफूहरुले विभिन्न समयमा गरेका चीन भ्रमणका बारेमा जानकारी गराएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।