शुक्रबार, वैशाख ७, २०८१

दशैंमा मनपरी भाडा, प्रहरी प्रशासन रमिते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

फाइल तस्बिर
 

काठमाडौं- कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन्। 

सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा ५ सय ७६ रुपैयाँ तोके पनि नौ सयसम्म लिने गरेको पाइएको छ। यसैगरी कोटेश्वरबाट धरानसम्मको भाडा एक हजार ४१ रुपैयाँ तोकिए पनि एक हजार पाँच रुपैयाँसम्म लिइएको छ। कोटेश्वरबाट जनकपुरसम्मको भाडा ७ सय ८५ रुपैयाँसम्म तोकिए पनि एक हजारसम्म लिइएको नागरिक अनुगमनका क्रममा भेटिएको यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले सुनाए। 

“किन तोकेभन्दा बढी भाडा लिएको भनेर सोध्दा हाम्रो व्यक्तिगत सवारी हो, किन सरकारले तोकेको भाडा मात्र लिने? हामीलाई लागे जति लिएका छौँ भनी जवाफ दिए”, उनले भने।

ट्राफिक प्रहरीले कोटेश्वर चोकमा भाडा सूची राखे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय कोटेश्वरबाट पूर्व चल्ने साना सवारी साधनले बढी भाडा लिइरहेको गुनासो आइरहेको बताउछन्।

विभागले प्रभावकारी अनुगमन गर्न नसक्दा पनि समस्या भइरहेको यात्रुको गुनासो छ। विभागले भने अनुगमन बढाउने गृहकार्य गरिरहेको जनाएको छ। ट्राफिक प्रहरीले बढी भाडा लिने तथा अनावश्यक यात्रुलार्इ दुख दिने सवारी सञ्‍चालक तथा चालकलार्इ कारबाही गर्ने बताएको थियो। तर, ट्राफिक प्रहरीकै अगाडी यसरी मनपरी भाडा असुल्दा पनि प्रहरी प्रशासन रमिते बनेको छ।

बुकिङ नगरी सकियो टिकट 

असोज ९ गतेदेखि नै दशैँका लागि अग्रिम टिकट बुकिङ गरिए पनि यो मार्गमा सञ्चालन हुने सवारीले बेवास्ता गरेका छन्। अग्रिम टिकट नदिई कालाबजारी भइरहेको यात्रु रामचन्द्र शर्माले गुनासो गरे।

भनसुनका आधारमा मात्र टिकट दिइरहेको उनको भनाइ छ। सप्तकोशी यातायात संघका महासचिव नारायण भट्टराई असोज २५ गतेसम्मका लागि टिकट बुकिङ गरिसकिएको दाबी गर्छन्। यात्रुले भने टिकट नखोलीकनै कालाबजारीमा बेचेर सकेको आरोप लगाएका छन्। 

सङ्घले २५० सवारी थपेर आजदेखि टिकट दिन शुरु गरिएको जनाएको छ। थप सवारी व्यवस्था गरेर पनि पूर्व जाने सबै यात्रुलाई दशैँ मान्न लगिने उनको प्रतिबद्धता छ। २४ गतेदेखि सवारी जुनसुकै रुटमा जानसक्ने गरी व्यवस्था गरिएको विभागका प्रवक्ता उपाध्यायले बताए। 

सरकारले टिकट खुलिसक्यो भन्दा पनि किन नदिएको भन्दा हामीलाई मन लागेन खोलेनौँ भनी जवाफ दिएको कोटेश्वरमा टिकट कुरेर बसेका यात्रुले गुनासो गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।