शुक्रबार, वैशाख ७, २०८१

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई छुट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले रेडियोविज्ञान प्रयोगशालामा १० प्रतिशतको विशेष छुटको व्यवस्था गरेको छ । त्यस्तै विकिरण चिकित्सामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत उनीहरुको दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिनेछ ।

‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र जस्तो उत्कृष्ट व्यवस्थापन र गुणस्तरिय सेवा प्रदान गर्ने क्षमता भएको अस्पतालसंग सहकार्य गर्न पाउँदा हामीलाई खुशि लागेकोछ,’ नबिल बैंक लिमिटेडका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने ।

नबिल बैंक सधैं आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रखान गर्न निरन्तर रुपमा कार्यरत छ । यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापी स्तरको स्वास्थय सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रको विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्