बिहीबार, वैशाख १३, २०८१

कैलालीमा ट्रकको ठक्करबाट एक युवाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कैलाली- कैलालीको लम्की चुहा नगरपालिका ४ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

ना ४ ख १२४७ नम्बरको ट्रकले से ४ प ७३७० नम्बरका मोटरसाइकल चालकलाई किच्दा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका २ का भागीराम चौधरी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार विनोद विश्वकर्मा घाइते भएका छन् । उनको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

मृतक चौधरी चढेको से ४ प ७३७० नम्बरको मोटरसाइकल र घाइते विश्वकर्मा चढेको से ६ प ७०४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। चौधरी पूर्वबाट पश्चिमतर्फ र विश्वकर्मा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल ठोक्किएपछि सडकमा लडेका चौधरीलाई लम्कीबाट धनगढीतर्फ गैरहेको ना ४ ख १२७४ नम्बरको ट्रकले किचेको ट्राफिक पोष्ट लम्कीका इञ्चार्ज नवराज शाहीले जानकारी दिए। 

उनले मृतक चौधरीको शव टुक्रा टुक्रा भएको अवस्थामा रहेको बताए। शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ। घटनामा संलग्न ट्रकलाई प्रहरीले गौरीगंगा नगरपालिका मसुरीयाबाट नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।