शुक्रबार, वैशाख ७, २०८१

एक महिनापछि बसेको प्रदेशसभा बैठक पाँच मिनेटमै सकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-एक महिनापछि बसेको प्रदेश २ को प्रदेशसभा बैठक पाँच मिनेट बसेर सकिएको छ । १६ भदौपछि पहिलो पल्ट बिहीबार प्रदेशसभाको बैठक बसेको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दुईटा विधेयक प्रस्तुत गरे लगत्तै शुक्रबार बिहान ११ बजेसम्म बैठक स्थगित भएको छ ।

कानुनमन्त्री यादवले गाउँ र नगरसभा कानुन निर्माण तथा करार कर्मचारी भर्ना सम्बन्धी बनेको विधेयक छलफलका लागि प्रदेशसभा बैठकमा प्रस्तुत गरेका छन् । शुक्रबार बस्ने बैठकमा दुबै विधेयक उपर छलफल शुरु हुने जनाइएको छ ।

प्रदेश सरकारले संसद सचिवालयमा प्रशासकीय कार्यविधि, सुशासन कायम गर्ने, प्रदेशसभा सचिवालय, मदर्सा बोर्ड गठन, यातायात व्यवस्थासहित ६ वटा विधेयक दर्ता गराएपनि बिहीबारको बैठकमा दुई विधेयकमात्र प्रस्तुत गरेको छ । अन्य प्रदेशहरुले स्थायी राजधानी र प्रदेश नामाकरणसम्बन्धी प्रस्ताव ल्याइरहँदा प्रदेश २ को लालबाबु राउत नेतृत्वको सरकारले यस विषयमा दलहरुसँग छलफलसमेत गर्न सकेको छैन् ।

प्रदेश सरकार कार्यान्वयनमा आएको आठ महिना बिति सकेपनि हालसम्म जम्मा १३ वटा विधेयकमात्र पारित भएको छ । प्रदेश सञ्चालनका लागि आवश्यक कानुनहरु निर्माण गर्न सरकारले विधेयक ल्याउन नसक्दा सदनको कारबाहीसमेत सुस्त भएको सांसदहरुको आरोप छ ।

अन्य प्रदेशहरुले स्थायी राजधानी र नामाकरणका विषयमा छलफल चलाइ रहेपनि प्रदेश २ मा दलहरुबीच छलफलसमेत हुन नसकेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए। राजधानी, नामाकरण, भाषालगायतको विषयमा छलफल गराउने जिम्मेवारी सरकारको रहेपनि त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।