शनिबार, वैशाख ८, २०८१

जनकपुर-जयनगर रेलमा राजदूत पुरी सरर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले निर्माणाधीन जनकपुर-जयनगर रेलमार्गको बिहीबार निरीक्षण गरेका छन्। भारतको आर्थिक सहयोगमा निर्माणाधीन ब्रोडगेज रेलमार्गको राजदूत पुरीले निरीक्षण गरेका हुन्। उनी जनकपुर स्टेसनबाट रेल चढेर करिब १० किलोमिटर पूर्वमा पर्ने बैदहीसम्म पुगेका थिए। रेलको चालक कक्षमा बसेर राजदूत पुरीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले निर्माण कार्यको निरीक्षण गरे। 

राजदूत पुरी बैदहीबाट फर्किएपनि भारतीय विदेश मन्त्रालयबाट आएका अधिकारीहरूको टोली जयनगरसम्म पुगेर निर्माणको प्रगतिबारे जानकारी लिएको रेल विभागका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए। निरीक्षणका क्रममा रेलमार्ग तयार भइसके पनि सिभिलतर्फका कामहरू अझै बाँकी रहेकाले तीव्रता दिएर पूरा गर्न राजदूत पुरीले निर्देशन दिएका छन्।

भारतको इर्कन कम्पनीले जनकपुर-जयनगर रेल निर्माण गर्दै आएको छ। राजदूत पुरीले रेल सञ्चालन गर्ने समय थोरै बाँकी रहेको बताउँदै बाँकी रहेका भवन निर्माण, रगंरोगनलगायत काम यथाशीघ्र पूरा गर्न निर्देशन दिए। 

रेल विभागले सन् २०१८ भित्र रेल गुडाउने लक्ष्य लिएको छ। पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल चलाउने तयारी छ। ३४ किमिको जनकपुर–कुर्था खण्डमा १७ किमिसम्म सफल परीक्षण भइसकेको छ। 

पहिलो चरणमा २३ साउनमा भारतको जयनगरदेखि खजुरी स्टेसनसम्म करिब साढे आठ किमि र दोस्रो चरणमा खजुरीदेखि दुहबी स्टेसनसम्म नौ किमिमा परीक्षण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।