शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा आयो पाकिस्तानी चिनी, भारतीय भन्दा १५ रुपैयाँ सस्तो

जनकपुरमा आयो पाकिस्तानी चिनी, भारतीय भन्दा १५ रुपैयाँ सस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम– नेपालको आफ्नै उत्पादनले धान्न नसकेपछि जनकपुरमा अहिले पाकिस्तानी चिनी आइपुगेको छ । नेपालमा चिनी उद्योगले उपभोक्ताको माग अनुसार उत्पादन गर्न नसकेपछि यहाँका ठुला व्यवसायीहरु पाकिस्तानी चिनी आयाततर्फ आकर्षित भएका हुन् ।

जनकपुरका अधिकांश खुद्रा पसलमा अहिले पाकिस्तानबाट आयात भएर नेपाल भित्रिएको चिनी प्रसस्त रुपमा पाइन्छ । भारतभन्दा पाकिस्तानमा चिनी सस्तो भएकोले ठुला व्यवसायीहरु त्यसतर्फ आकर्षित भएको बताइएको छ । 

एक खुद्रा व्यापारीका अनुसार जनकपुर बजारमा अहिले नेपालको आफ्नो उत्पादन र भारतबाट आयात भएर आएको भन्दा पाकिस्तानबाट भित्रिएको चिनी छ्यापछापी छ । भारतबाट चिनी आउन बन्द भएपछि चिनीका ठुला व्यवसायीहरु पाकिस्तानबाट आयात गर्न शुरु गरेको उनले बताए।

आफूहरु पनि स्थानीय डिलरबाट पाकिस्तानी चिनी नै खरिद गरी उपभोक्तालाई बिक्रि गर्दै आएको यहाँका खुद्रा व्यापारी रामबहादुर साह बताउँछन् ।

पाकिस्तानबाट आयात गर्दा सस्तो पर्ने भएकाले व्यवसायीहरु त्यसतर्फ आकर्षित भएको महोत्तरीको रामनगरस्थित एभेरेष्ट सुगर मिलमा कार्यरत एक कर्मचारीले बताए ।

भारतबाट आयात गर्दा प्रति किलो ६०/६२ रुपैयाँ पर्ने चिनी पाकिस्तानबाट आयात गर्दा प्रति किलो ४० रुपैयाँमात्र पर्ने गरेको उनले जानकारी दिए । पाकिस्तानबाट चिनी आयात गर्दा व्यवसायीहरुलाई प्रति किलो १० देखि १५ रुपैयाँ बचत हुने गरेको बताइएको छ । उनका अनुसार नेपालको दुगड र शिखर समूहले पाकिस्तानबाट चिनी आयात गरेको हो ।

पाकिस्तानबाट चिनी आयात हुन थालेपछि नेपाली उद्योगीहरुले विरोधसमेत गरेका थिए । पाकिस्तानी चिनीका कारण नेपालका उद्योगहरु घाटामा गएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । र, त्यसपछि पाकिस्तानबाट चिनी आयात गर्न रोक लगाइएको बताइएको छ ।

तर पाकिस्तानबाट चिनी आयात गर्न ६ महिनाअघि रोक लगाइएपनि विगतको भण्डारण हालसम्म नेपाली उपभोक्ता माझ पुगिरहेको छ । एक व्यवसायीका अनुसार नेपाली उपभोक्तालाई ६ महिनासम्म पुग्ने गरी पाकिस्तानी चिनीको भण्डारण गरिएको छ । भारतबाट आयात बन्द भएपछि पाकिस्तानबाट पहिलो पटक चिनी आयात गरिएको बताइएको छ ।

नेपालमा सञ्चालनमा रहेका १०/१२ चिनी उद्योगले ७५ प्रतिशत उपभोक्ताको मागमात्र पुरा गर्न सकेको छ । नेपालमा उत्पादन हुने चिनी भारत र पाकिस्तानमा पर्ने मूल्यभन्दा महँगो रहेको बताइन्छ । चिनी उत्पादन गर्न कच्चा पदार्थहरु भारतबाटै भित्राउनुपर्ने बाध्यता विद्यमान छ ।

चिनी उद्योगी व्यवसायीहरुका अनुसार नेपालमा वार्षिक २ लाख २५ हजार टन चिनी खपत हुने गरेको छ । जस मध्ये १ लाख ७५ हजार टन स्वदेशमा उत्पादन हुनेगरेको छ भने बाँकी ५० हजार टन औपचारिक तथा अनौपचारिक रुपमा बाहिरबाट आयात हुने गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।