बिहीबार, वैशाख ६, २०८१

छैन स्वास्थ्य संस्थामै औषधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बैतडी- खरिद गर्ने प्रक्रिया अघि नबढ्दा बैतडीमा औषधि अभाव भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव भएको हो। 

धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन्।   तल्लो स्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिस्टेन्ट मुकेश दयालले जानकारी दिए। 

गाउँपालिकाभरका स्वास्थ्य संस्थामा औषधि अभाव भएको र खरिद प्रक्रिया अघि बढाएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताए।  त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआउने गरेकाले स्वास्थ्य संस्थामाऔषधि अभाव चुलिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए।

'समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढ्दा स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो', उनले भने, 'अहिले पनि धेरैजसो सकिएको छ, दसैँ अघि औषधि खरिद गर्न नसकिए नि:शुल्क औषधि अभाव हुने निश्चित छ।'   

यस्तै पुर्चौंडीका सबै स्वास्थ्य संस्थामा केही दिनमै औषधि सकिने अवस्थामा रहेका नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए। 'नगर कार्यपालिकाले अझै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रम स्वीकृत नगरेकाले तत्काल औषधि खरिद गर्न सकिँदैन। 

केही दिनमै औषधिअभाव हुन्छ उनले भने, 'स्वास्थ्य संस्थाहरूमा अहिले पनि नि:शुल्क औषधि कम छन्।'  जिल्ला अस्पताल बैतडीमा पनि पर्याप्त मात्रामा औषधि नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.जगदीशचन्द्र बिष्टले बताए। 

औषधि खरिदका लागि वार्षिक बजेट नै कम हुँदा समस्या भएको उनको भनाइ छ। दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई समेत सामान्य जाँचपछि निजी मेडिकलबाट औषधि किन्न बाध्य बनाइने गरेकाे छ। 

यता क्षेत्रीय मेडिकल स्टोरमा खरिद भएको औषधि पनि तत्काल वितरण हुने सम्भावना कम रहेको बताइएको छ। औषधि ढुवानीमा रकम नभएको मेडिकल स्टोरले जनाएको छ। ढुवानी रकम नहुँदा औषधि वितरण प्रक्रिया प्रभावित भएको छ।  

सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५६ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने निर्णय गरे पनि सबै प्रकारका औषधी स्वास्थ्य संस्थामा नपाइने र अहिले अत्यावश्यक औषधि पनि अभाव हुन थालेको हो।   

बिरामी संख्या बढ्दो   

बैतडीमा मौसमी ज्वरोका बिरामी बढेका छन्। वर्षातको समयमा दूषित पानी प्रयोगले जिल्ला अस्पताल बैतडीमा हाल दैनिक १०० बिरामी आउने गरेका अस्पतालले जनाएको छ।  

अस्पतालमा उपचारका लागि आउने मध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.बिष्टले जानकारी दिए। ९० प्रतिशत बिरामीमा सुरक्षित पानीको सेवन नहुँनाले समस्या देखिएको छ उनले भने,'वर्षातको समयमा फुटेका नयाँ मूलका पानी शुद्धीकरण नगरी पिउँदा यो समस्या आएको हो।' भाइरल ज्वरो, टाइफाइड, झाडापखालाका बिरामीहरु बढेको उनले जानकारी दिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।