शनिबार, वैशाख ८, २०८१

काभ्रेको दुई पानी उद्योगमा शिलबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– काभ्रे जिल्लाको दुई पानी उत्पादन गर्ने कम्पनीलाई शिलबन्दी गरिएको छ । कम्पनीको अनुज्ञापत्र नविकरण नगरेको, जारमा सुरक्षण शील नलगाएको, प्रशोधन कक्ष सफा नभएको लगायतको कारणले कम्पनीको उद्योगमा शिल गरिएको हो ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनको क्रममा बनेपास्थित पञ्च वेभरेज प्रालि र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर प्रालिको उद्योहरु शिलबन्दी गरी उत्पादन रोक लगाएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जनाए । 

उनकाअनुसार हामी सबैको सरोकार खाद्य स्वच्छता र गुणस्तर नारासहित सञ्चालित ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५’ को सन्दर्भमा गरिएको अनुगमनको क्रममा उक्त कम्पनीका उद्योगहरुमा शिलबन्दी गरिएको हो । 

अनुगमनको क्रममा कम्पनीको अनुज्ञापत्र नविकरण नगरेको, जारमा सुरक्षण शील नलगाएको, प्रशोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ्ग गरेको र प्रसोधित पानीको उत्पादन निर्देशिका अनुरुप मापदण्ड पुरा नगरेको फेला पारेपछि शिलबन्दी गरिएको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्