एजेन्सी- युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत आज (बुधबार) आठ खेल हुँदैछन् । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेल नेपाली समय अनुसार १०:४० बजे दुई खेल हुदै छन् ।
पहिलो खेल पेरिस सेन्ट जर्मेन (पीएसजी) र रेड स्टार बेलगार्डेबीच हुदै छ । दुबै टोली जितको खोजिमा मैदानमा उत्रिने छन् । यस अघिको पहिलो खेलमा पिएसजी लिभरपुलसँग पराजित भएको थियो भने स्टारले नेपोलीसँग अंक बाँडेको थियो । त्यस्तै १०:४० बजे हुने अर्को खेलमा लोकोमोटिभ मोस्कोले स्लाकसँग भिड्ने छ ।
नेपाली समय अनुसार १२:४५ मा च्याम्पियनस लिगमा छ खेल हुदै छन् । पहिलो खेल नेपोली र लिभरपुलबीच हुदै छ । लिभरपुलले आफ्नो पहिलो खेलमा पीएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ ।
अर्को खेल पोट्रोविरुद्ध गालाटासरी, पीएसभीविरुद्ध इन्टर मिलान र डटमन्र्डविरुद्ध मोनाको भिड्दै छन् । अर्को खेलमा टोटनह्यामको सामना बार्सिलोनाले गर्दै छ । पहिलो खेलमा स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक गर्दै बार्सालाई सहज जित दिलाएका थिए । यता १२:४५ मा नै हुने अर्को खेलमा एथलेटिको मड्रिड क्लब ब्रुग्गेसँग भिड्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४