शुक्रबार, वैशाख ७, २०८१

कलेज फी तिर्न सुन तस्करी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सुन तस्करीमा संलग्न एक किशोरले कलेज फी तिर्न आफू सुन ओसारपसारमा भरिया बनेको बयान प्रहरीलार्इ दिएका छन्। महानगरीय प्रहरी परिसले उनलार्इ बुधबार बिहान पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। 

महानगरीय प्रहरी परिसरले मंगलबार केरुङ नाका हुँदै सुनको तस्करी हुँदैछ सुराक पायो। महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी वसन्तकुमार लामाले तस्करीको सुनसहित तस्करीका नाइकेसम्म पुग्नेगरी विषेश टोली खटाए।

प्रहरीले पाएको सूचनाका आधारमा पाँच किलो सुनसहित किशोर तामाङलाई  पक्राउ गर्‍यो। नुवाकोटबाट काठमाडौं आउँदै गरेको बसमा सवार तमाङ बालाजुस्थित तीनपिप्लेबाट पक्राउ परे। 

कम्मरमा पेटी बनाई तीन किलो र जुत्ताको सोलमा दुई किलो सुन लुकार्इ काठमाडौं आउँदै गर्दा उनलार्इ प्रहरीले समात्यो। प्रहरीले पक्राउ परेका १८ वर्षीय किशोर तामाङलार्इ सोधपुछ गर्‍यो। तामाङले बयान दिए, 'एक वर्षको पढाइ खर्च बराबरको रकम दिनेभएपछि म सुन तस्कर गर्न राजी भएँ।'

रसुवा गोसाईंकुण्ड-९ स्थायी घर भएका तामाङ काठमाडौंको एक निजी कलेजमा कक्षा-१२ मा अध्यनरत विद्यार्थी हुन्। प्रहरीले उनले दिएको बयान साँचो हो-होइन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ। 

तामाङ पक्राउ परेपछि प्रहरीले थप अनुसन्धानका लागि टेलिफोन ट्रयाक गर्‍यो। टेलिफोन ट्रयाकका आधारमा उनले पछिल्लो समय चिनियाँ फोन र वी च्याट प्रयोग गरेको भेटियो। 

तामाङ पक्राउ परेसँगै यी दुवैको सम्पर्क विच्छेद गरिएपछि उनीसँगै सुन तस्करीमा गिरोह नै सक्रिय हुनसक्‍ने प्रहरीको अनुमान छ। एसएसपी लामाका अनुसार उनी भरिया मात्र हुन्। नेपालमा लामो समयदेखि भइरहेको सुन तस्करीको मुख्य नाइकेसम्म पुग्न नसक्नु र प्राय: भरिया मात्रै हुनु आफैंमा रहस्यमय त छँदै छ, सुन तस्करीमा नेपाल प्रहरीकै केही उच्च अधिकारीको संलग्नताले थप शंका पैदा भएको छ। 

मंगलबार पाँच किलो सुनसहित पक्राउ परेका तामाङबाट तस्करीको जालो पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। संगठित रूपमा प्रहरीभन्दा एक कदम अगाडि रहेको गिरोहले योजनाबद्ध रुपमा तस्करी गर्दै आएका छन्। मुख्य नाइके प्राय: इन्टरनेटबाट र दोस्रो व्यक्तिको प्रयोग गरेर तस्करी गरिरहेकाले तस्करसम्म पुग्न नसकेको प्रहरीको तर्क छ।

यसअघि साढे ३३ किलो सुनकाण्डको यथार्थ सार्वजनिक नहुँदै फेरि सुन तस्करी बढ्दै गएको छ। यसअघि तीन किलो सुन प्रहरीले बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।