अब राजनीतिक नेतृत्वले पदीय लालसाभन्दा लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्दै जनजीविकाको सवालमा ध्यान केन्द्रित गर्नुपर्छ। त्यसको पहिलो सर्त राजनीतिक शुद्धीकरण हो।
विरोधको ‘बन्द’ शैली मुलुकका लागि मात्र होइन, स्वयम् दाहाल–नेपाल समूहको नेकपाका लागि लागि पनि प्रत्युत्पादक हुन सक्छ। त्यसैले आमहडताल फिर्ता लिई विरोधका शान्तिपूर्ण कार्यक्रममार्फत नागरिकको मन जित्ने प्रयास गर्नु नै श्रेयस्कर हुनेछ।
कोरोना कहरका बेला भएको यो सम्पूर्ण प्रकरणले नेपाली जनताको ठूलो संघर्षपछि प्राप्त लोकतन्त्रको अवमूल्यन गरेको छ। साथै यसले मुलुकमा आर्थिक नोक्सानी, सामाजिक–राजनीतिक विग्रह र तनाव पनि बढाउने नै छ।
दलीय दुर्गतिको पराकाष्ठा
सामूहिक असफलताको औषधि सामूहिक प्रयत्नबाटै खोजौं
लाएर माया मुटु रित्तिँदैन