पार्टी र सरकार कमजोर हुनुमा ओलीको गुटवादी चरित्र जिम्मेवार : दाहाल (राजनीतिक प्रस्तावसहित)
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको टिप्पणी गरेका छन्।